Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर: चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौँ संशोधन) २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो । समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारा भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत…
काठमाडौँ: विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलम आयोजित समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठीक पार्ने धम्की दिएका छन् । मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गाली गरेर ठीक पार्ने धम्की दिएका हुन् ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
काठमाडौं: तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनुहुन्छ ? लेनको पालना गर्नुहुन्छ वाव हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नुभएन भने होस् गर्नुस्, तपाईंको घरमै फोन बज्नेछ । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशाषित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको समाचार आजको राजधानी राजधानी दैनिकमा छापिएको छ । समाचार अनुसार, यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्भिलेन्स भेइकल राखेको छ ।
काठमाडौँ: मुलुकको पुनर्सरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिकअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन । मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा विहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ । बैंकले वित्तीय कारोवार विहीबारदेखि नै सुरु गरेको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
काठमाडौं: बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भयो ।…
काठमाडौं: महालेखा परीक्षकको कार्यालयले अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै काबराहीको सिफारिस र्गे भएको छ । प्रतिनिधिसभामा पेश गरिएको महालेखा परीक्षण विधेयकमा लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि तोकेरै कारबाहीको सिफारिस गर्न प्रस्ताव गरेको हो । जसअनुसार अबदेखि लेखापरीक्षण नगर्ने सरकारी पदाधिकारीमाथि व्यक्ति नै किटेर कारबाहीको लागि सिफारिस हुनेछ । आजको कारोबारमा खबर छ । सम्बन्धित कामको जिम्मेवारी तोकिएका पदाधिकारी वा व्यक्तिलाई महालेखापरीक्षकले विभागीयलगायत प्रचलित कानूनबमोजिमको कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने बुँदा प्रस्ताव गरिएको छ ।
ब्रसेल्स: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ नभएको बताएका छन् । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।” “त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनले भने, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो…
काठमाडौँ: संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको प्राध्यापकहरुले बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनले आज जारी गरिएको पे्रस विज्ञप्तिमा विश्वविद्यालयको अभिभावकत्व ग्रहण गर्नुभएका व्यक्तिबाट मर्यादाहीन काम भएकाले प्रा डा कोइरालाको क्यानडा भ्रमण स्थगन हुनु न्यायपूर्ण रहेको जनाएको छ । विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरी कुलपतिको पूर्वस्वीकृतिबिना नै विदेश भ्रमणका लागि तयार भएको देखिएको छ, विज्ञप्तिमा भनिएको छ, “नियुक्त भएदेखि नै उपकुलपति डा कोइरालाबाट विश्वविद्यालयको ऐन नियम विपरीत काम गर्दै आएको छ ।”
काठमाडौं: सर्वोच्च अदालतले निक्षेपकर्ता सुरक्षा कोषका कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको बिहीबार बसेको एकल इजलासले मिश्र र झालाई अवकाश दिने नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने विषयमा सुनुवाई गर्न क्रमशः साउन २ र ३ गते दुबै पक्षलाई बोलाइएको छ । यही साउन २ गते र झाको रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाई गर्न श्रावण ३ गतेको समय पनि आदेशमा तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवहरुको प्रस्तुतिकरणपछि बुधबार राती उनले सो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बुधबार उनले कृषिमा आधुनिकीकरण, अग्र्यानिक उत्पादन, जलविद्युत आयोजनाको शीघ्र…