Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जनरल इन्स्योरेन्स कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट प्राथमिक शेयर जारी गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई बुधबार सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति स्वीकृत गरेको हो । कम्पनी गत असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै बोर्ड पुगेको थियो । हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटललाई नियुक्त गरेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ३९.७८ प्रतिशतले खुद…
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ । मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो। त्यसैगरी मंगलबार पनि ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७०…
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना…
काठमाडौ: उपत्यकामा जारी गरिएको निषेधाज्ञा बिहीबारबाट खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल सुरु भएको छ । व्यापार व्यवसाय सञ्चालन गर्न पाउने गरी उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएपछि बिहीबार बिहानैदेखि काठमाडौंका सडकमा बाक्लै संख्यामा सवारी गुडेका देखिन्छन् । जोरबिजोर आधारमा सवारी साधन गुडेपनि सार्वजनिक सवारीका साधन भने सडकमा धेरै देखिँदैनन् । सामान बोकेका गाडी तथा मोटरसाइकलको भिडभाड देखिन्छ। सडकमा सवारीको चाप बढ्दै जाँदा कतिपय चोकहरुमा केही समय जामसमेत देखिएको छ ।
काठमाडौं : आज बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि कारोबार रोकिएको छ । नेप्सेको वेभ पेजमा मार्केट खुला देखाइएपनि टिएमएसमा समस्या आएपछि कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । प्रणालीमा केही प्राविधिक समस्या आएको र उक्त समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ । टिएमएममा लगइन गरेपछि डिएनए लगआउटु भई अर्डर राख्न नमिल्ने लगायतका समस्या देखिएको हो । बढेको सेयर बजारमा किनबेच गर्न नपाउँदा सामाजिक सञ्जालमार्फत लगानीकर्ताले आक्रोस पोखिरहेका छन ।
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल चार वर्ष थप गर्न शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवलायका एक सदस्यका अनुसार बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदबैठक शुक्रबारका लागि सारिएको छ। शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठक पनि बस्ने भएकाले सम्भवतः साँझ मात्रै मन्त्रिपरिषद बैठक बस्नेछ। मन्त्रिपरिषद बैठक शुक्रबार सरेपछि रोल्पाबाट काठमाडौं फर्कंदै गरेका उर्जामन्त्री पुन बुधबार चितवनको भरतपुरमै बास बसेका छन्। उनी बिहीबार काठमाडौं आइपुग्ने छन्। मन्त्री पुनको सचिवालयका एक सदस्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल चार वर्ष थप्ने प्रस्ताव शुक्रबार मन्त्रिपरिषदमा लैजाने तयारी…
काठमाडौं: सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ । बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन पाउनेछन् । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ । यदि कसैले बीचमा नै छाड्न चाहेमा…
काठमाडौँ: आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरिएको हो । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । बुधबारदेखि निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् । जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने…
काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे । शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे…
काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गर्ने प्रस्तावलाई अन्तिम रूप दिएका छन् । बुधबार दुई नेताबीच भेटवार्ता गरेर प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । भदौ ६ गते कार्यदलले बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर अध्यक्षद्वयले स्थायी समितिमा पेश गर्ने प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । प्रस्तावमा ओली–प्रचण्डको भूमिकालाई थप प्रष्ट पारिएको छ । जसमा प्रतिनिधिसभाको यो कार्यकालभरी ओलीले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्डले पार्टीको पूर्ण नेतृत्व गर्ने उल्लेख छ । यसरी हुन्छ महाधिवेशन ओली प्रचण्डले अन्तिम रुप दिएको प्रस्तावमा आगामी चैत…
