Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए ।…
काठमाडौँ: इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ। मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ। ‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने। उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए। त्यस्तै, मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी दिए।
काठमाडौँ, १५ वैशाख : आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ । यो निर्वाचनमा सात सय…
बझाङ । बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए। शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।
काठमाडौँ: सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन । वैदेशिक लगानी बढाउने उद्देश्यले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत सरकारले सार्वभौम क्रेडिट रेटिङ गर्ने घोषणा गरेको थियो । सरकारले सार्वभौम क्रेडिट रेटिङका…
काठमाडौँ:प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले पहिलोपटक आफूले आफैँलाई भोट हाल्न पाउँदा रोमाञ्चक अनुभूति भएको बताएका छन्। शुक्रबार बिहान इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविस्थित मतदान केन्द्र पुगेर मतदान गरेपछि संक्षिप्त कुरा गर्दै लिम्बुले जीवनमा पहिलोपटक आफैँ उम्मेदवार र मतदाता दुवै हुँदा फरक अनुभव भएको प्रतिक्रिया दिएका हुन्। ‘विगतमा मतदाताका रूपमा थिएँ। अहिले उम्मेदवारका रूपमा आफूले आफैँलाई भोट हालेको छु। यो यात्राले अत्यन्तै उत्साह प्रदान गरेको छ’, उनले भने, ‘यो क्रममा जनताले परिवर्तनको नयाँ समय माग गरेको अनुभव गरेको छु। यो यात्राले सुशासन र समृद्दिको यात्रामा कोसेढुंगा साबित…
काठमाडौँ:प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्बाङले पहिलोपटक आफैँ उम्मेदवार बनेर मतदान गर्न पाउँदा एकदमै उत्साह महसुस भएको बताएका छन्। शुक्रबार बिहान स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ मतदान केन्द्र पुगेर मतदान गरेपछि नेपालखबरसँग संक्षिप्त कुरा गर्दै उनले अब जनताको अवस्था परिवर्तनका लागि यसलाई सुनौलो अवसरका रूपमा लिएको बताए। ‘मैल पहिलोपटक उम्मेदवार बनेर मताधिकार प्रयोग गरेँ। अत्यन्तै उत्साह महसुस गरेको छु’, उनले भने, ‘यो व्यवस्था परिवर्तनका लागि अग्रजले गरेको योगदानलाई सम्झँदै थप जिम्मेवारीबोध भएको छ। व्यवस्था परिवर्तन भएको छ, अब अवस्था परिवर्तन गर्नका लागि यो सुनौलो अवसरका रूपमा लिएको छु।’ मतदानका क्रममा आफ्ना…
काठमाडौँ: अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेटेका हुन् । उनले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी उनले मन्त्री पुनलाई गराए । यस्तै सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय स्तरको फन पार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उनको भनाइ थियो । ‘काकाकोलाले धेरै ठूलो स्तरमा लगानी…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक रेमिट्यान्स भित्र््याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र…