Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, २३ चैत : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशभर आंशिक बदली हुनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
काठमाडौं: दश लाख रुपैयाँ नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो भराउने पनि फैसला गरेको छ । जाहेरवालाका अनुसार रिनाले बलात्कारको मुद्दामा फसाइदिने भन्दै सुरूमा ३० हजार रूपैयाँ नगद लिएकी थिइन् । त्यसपछि थप १० लाख रूपैयाँ मागेपछि जाहेरवाला प्रहरीकहाँ पुगेका थिए । जाहेरवालाका पक्षबाट बहस गरेका अधिवक्ता विकास गिरीले ‘हनी ट्रयाप’ को मुद्दामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय भएको बताए । यस्तो थियो घटना…
काठमाडौँ: बुद्ध जन्मस्थल लुम्बिनीमा शक्रबारदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो। महोत्सव भोलिसम्म चल्ने छ। लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएको हो। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा शान्ति महोत्सव आयोजना गरेका हुन्। महोत्सव उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्। महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी…
काठमाडौँ: राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ को ८ महिना (साउनदेखि फागुनसम्म) मा नौ खर्ब ६१ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। गत वर्षको यही अवधिमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स भित्रने दरमा २१ प्रतिशतले वृद्धि भएको हो। यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ। चालु आवको यो अवधिमा भने ४ लाख ७१ हजारले यस्तो स्वीकृति लिएका छन्। गत वर्षको आठ महिनामा नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या ५ लाख ४४ हजार थियो।
काठमाडौं । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ । यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल…
काठमाडौं: अवदेखि मन्त्रीहरुले आफूले गरेको कामबारे हरेक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका जानकारी गराएका हुन् । ‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकको निर्णय बारे भने, यसले सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’ मन्त्रिपरिषद्को बैठकमा कर्मचारीहरु किन निर्णय गर्न डराउँछन् भनेर समेत गम्भीर छलफल भएको उनले बताए ।
काठमाडौँ: काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकालाई तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको उनले बताइन् ।श्रम अदालतलाई काठमाडौंबाट भक्तपुरमा सार्ने तयारी भइरहेकाले मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बतायो । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा सिरहा निवासी डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान…
काठमाडौँ: झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्याएको आरोपमा नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर बिहीबार विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुङ्गाना, मन्त्रालयकै बहालावाल सहसचिव एवम् नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धि सागर लामिछाने लगायत १७ जना राष्ट्र सेवक कर्मचारीको संलग्नता देखिन्छ । उनीहरू विमानको प्राविधिक स्पेसिफिकेशन र त्यसलाई मापन गर्ने स्पष्ट मापदण्ड नखुलाई सार्वजनिक खरिद ऐन, २०६३ विरुद्ध गएर वाइडबडी ल्याउने अमेरिकन…
भरत प्रधान/राससलिस्बन (पोर्चुगल), २१ चैत : पोर्चुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले रासलाई जानकारी दिनुभयो । टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ…
६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैकाे महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई पनि सर्वोच्चले अमान्य घोषणा गरेको छ । साथै, अघिल्लो महाधिवेशनपछि शेष घले पक्षले गठन गरेको विनोद कुँवर नेतृत्वको समितिलाई पनि सर्वोच्चले खारेज गरिदिएको छ । इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६…