Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकमा दण्डहिनताको अन्त्य हुने, फरार अपराधी नियन्त्रणलगायत तत्काल देखिने काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई निर्देशन दिएका छन् । बिहीबार साँझ सिंहदरबारस्थित मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई गृहमन्त्री लामिछानेले ‘भर्चुअल’ निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेले निर्देशन दिँदै भनेका छन्, ‘दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस् ।’ अबको तीन महिनाभित्र गृहको हरेक सूचक माथि जाने गरी काम गर्नुपर्ने उनको निर्देशनमा उल्लेख छ । ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य…

Read More

काठमाडौँ:इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ । नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे । ‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’ विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न…

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् ।सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो । थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थु्नामुक्त गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ब्यूरोले सेञ्चुरी बैंकका तत्कालिन प्रमूख कार्यकारी अधिकृत तुलसी गौतम, सोही बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत एवं अहिलेको प्रभू बैंकका डेपुटि प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको…

Read More

काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्च स्तरीय आयोगको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने बताएका छन् । अनुसन्धान गर्ने निकायले कतिपयलाई जोगाएको आरोप लागेका सन्दर्भमा छानबिन समितिको प्रतिवेदन अनुसार उनीहरुलाई कारबाहीको दायरामा ल्याउने लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ । ‘विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानूनको मातहतमा ल्याउनेछु’, लामिछानेको भनाइ उदृत गर्दै उनको सचिवालयले जारी गरेको नोटमा भनिएको छ, ‘प्रतिवेदन कार्यान्वयनको चुनौति म आफैंले सामना गर्नेछु ।’ आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेपछि उनले…

Read More

काठमाडौँ: उदयपुरमा बोलेरो दुर्घटना हुँदा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। दुर्घटनामा परेको बोलेरोको नम्बर खुलेको छैन। बोलेरो सडकबाट निकै तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। ‘घाइते यात्रुले बोलेरोमा १५ जना सवार रहेको बताएका छन्,’ इन्सपेक्टर थापाले भने, ‘जसमध्ये ७ जनाको मृत्यु भएको खबर आएको छ। एक जना घटनास्थलमै बेपत्ता छन्। सात जना घाइतेको उद्धार हुँदैछ।’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक…

Read More

मुद्दा नचलाएर त्रुटि गर्नेहरूलाई विभागीय कारबाहीको सिफारिस काठमाडौँ : सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन साढे पांच महिनापछि सरकारलाई बुझाएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । ४८५ पृष्ठ लामो प्रतिवदन आयोगका अध्यक्ष आचार्यले अनुसन्धानको क्रममा त्रुटि गर्ने सरकारका अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको बताए । अध्यक्ष आचार्यले भने– ‘अनुसन्धानको क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिहरूलाई मुद्दा नचलाएर त्रुटि गर्नेहरूलाई विभागीय कारबाहीको सिफारिस गरेका छौँ ।’ सीडीआर र डीएफएलमा कनेक्सन देखिएका व्यक्तिहरूको नाम अभिलेखीकरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुझाव र…

Read More

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १ चैतः प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिनुभएको थियो । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गर्नुभयो । सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गर्नुभयो । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरे । ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका थिए । नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यही वैशाख २८ र २९ गते काठमाडौं मा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे । युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई…

Read More

काठमाडौं, फागुन ३० गतेप्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रहरु बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ ।उहाँले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नुहुँदै विश्वका शक्ति राष्ट्रहरु बिचको प्रत्यक्ष÷परोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको बताउनु भयो ।रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापतिले सो धारणा व्यक्त गर्नु भएको हो ।उहाँले प्रत्येक राष्ट्र आफ्ना आधारभूत…

Read More