Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ। धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग सोमबार दिउँसो १:५७ बजे ‘ब्रेक थ्रु’ भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका हुन्। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्। त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो भएको छ। २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ। यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी…
काठमाडौँ: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए। विश्वदीप बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै पछिल्लो नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे माओवादी केन्द्रमा फर्किएका हुन्।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) ले अब राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका अरू दलहरूले गर्ने व्यवहारमा भर पर्ने बताएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको बताए। ‘उहाँहरूले सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्री अन्तर्गत् सुरूमा समाजवादीलाई दिने सहमति गर्नुभएको थियो,’ नेपालले भने,‘रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। रञ्जितालाई मनाउन सक्नुभएन। हाम्रा साथीहरूले सकेको गरे।’ उनले सुदूरपश्चिममा भएको राजनीतिक घटनाक्रममले आफूलाई खुसी लागेको बताए। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको छ। कांग्रेस र समाजवादीको समर्थनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले…
काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सुशासन, राष्ट्रिय एकताको पक्षमा काम गर्ने शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको बताए। ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ। सरकार बन्दैन,’ उनले भने। अध्यक्ष ओलीले वामपन्थी एकता नामको नक्कली कुरा भइरहेको पनि बताए। ‘कतिपय नक्कली कुरा गर्नेहरू छौं। कम्युनिस्ट, वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु, देशभक्ति, प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम–कर्तव्य हो, हामीले बुझेका छौं। त्यो बुझेर नै हामीले दुई तिहाइको अवस्थामा पुर्याएका थियौं। विस्तारबाट, एकता, एकीकरणबाट। त्यसलाई तोडेर…
काठमाडौं: कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् । वैशाख ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, ३ वैशाख : विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ । गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास,…
काठमाडौँ, ३ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
काठमाडौँ: काठमाडौँ, ३ चैतः एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।
सल्लेरी (सोलुखुम्बु) : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गर्नुभयो । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै…