काठमाडौँ: नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्।
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराए।
विश्वदीप बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै पछिल्लो नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।
लामो समय भट्टराईका स्वकीय सचिव रहेका पाण्डे माओवादी केन्द्रमा फर्किएका हुन्।
Facebook Comments Box
