Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले बुधबारसम्ममा आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट आजसम्म आवेदन माग गरेको थियो । मन्त्रालय स्रोतका अनुसार १९ जना आवेदक दर्ता गरिएको छ । उनीहरूको आवेदन फाइल खोल्ने काम भइरहेको छ । यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा यसअघि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । समिति सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर तथा व्यवस्थापनका प्राध्यापक उदय निरौला…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

Read More

काठमाडौं । बेखर्ची भएर घर फर्किन नपाएका आन्दोलनरत मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो । त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो । मिटरब्याज तथा…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्न चुनौती दिएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरु मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दबावमा राख्न खोजेको बताए । ‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो’ उनले भने, ‘मेरो त कामना छ, तपाईँहरु मिल्नुस् । तपाईँहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहनछ ।’ प्रचण्डले अगाडि भने, ‘हिजो त तपाईँहरु सबै मिलेर टाउको काट्न खोजैकै हो नि त…

Read More

काठमाडौं: नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कबुवा पहिलो खेलमा नेपालविरुद्ध खेलेका थिएनन् । गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डले विहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए। एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग कुराकानी गरेका थिए। प्रधानमन्त्री प्रचण्डले संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विधाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। संसदको कानुन,न्याय तथा मानवनअधिकार समितिमा संक्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो। दलहरूबीच कुरा मिल्न नसक्दा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संसदको कानुन समितिमा…

Read More

काठमाडौँ:हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशका धेरै ठाउँमा र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखााले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। देशका बाँकी भूभागको थोरै स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा…

Read More

काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक हुन् । यसैगरी अन्य पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा…

Read More

काठमाडौँ: साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार ६०० रुपैयाँले बढेको सुनको भाउ आइतबार एकैदिन २ हजार रुपैयाँले बढेको हो । अमेरिकी कमर्श डिपाटमेण्टले हालै सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको बिश्लेषकहरुले बताएका छन् । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन…

Read More

काठमाडौँ: संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज सकिँदै छ । राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । आज पदावधि सकिन लागेकामा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन् । आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदहरूको सोमबार शपथग्रहणको कार्यक्रम रहेको छ ।…

Read More