Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको टोलीले नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले शुरुमै निजी क्षेत्रका धेरै माग सम्बोधन हुने गरि सुधारका काम अघि बढाएकोमा महासंघले स्वागत…
काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजनालाई स्वागत गर्दै ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ । इप्पानले आइतबार विज्ञप्ति जारी गर्दै ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएको हो। संस्थाले कार्ययोजनामा समेटिएका कार्यक्रमहरूले निजी क्षेत्रका लगानीकर्तामा नयाँ उत्साह सञ्चार गरेको इपपान अध्यक्ष गणेश कार्की र महासचिव बलारम खतिवडाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । हाल देशको कुल विद्युत उत्पादन क्षमता करिब ४ हजार मेगावाट नाघेकोमा निजी क्षेत्रको योगदान करिब ३३५० मेगावाटभन्दा बढी रहेको इप्पानले जनाएको छ । त्यस्तै, निजी क्षेत्रबाट…
काठमाडौँ: सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७००…
काठमाडौँ: पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पुष्टि गरे। भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो। त्यसबारे अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको एआइजी केसीले जानकारी दिए।
काठमाडौँ: सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक…
काठमाडौँ: जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएकाे छ। शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्याइएको हो। कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँ प्रहरी परिसर पुगेका थिए।
काठमाडौं । बालेन सरकार गठन भएको २४ घण्टा पनि नबित्त्दै, गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहको अनुमतिमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न कहिँ कतै एक रत्ति अनकनाएनन्। बरु उनले रातभर प्रहरी प्रमुख दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुक राजु अर्यालाई अगाडी राहेखर छलफल गरे भने कानुन सचिव परास्वर ढुंगानालाई समेत शुक्रबार रातभर काममा लगाए। फलस्वरुप, गृहमन्त्री गुरुङले शनिबार बिहानै काठमाडौँ अपराध महाशाखाको टोलि तयार गर्न लगाएर आइजीपी कार्कीको निर्देशन अनुरुप एक हुल प्रहरी दस्ता लिएर ओली निवास गुन्डु पुग्यो। पक्राउ परेको केही मिनेटमै गृहमन्त्री गुरुङले आफ्नो सामाजिक…
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। उनले भने,’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’ मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने ।
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए । प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छु’ बस्नेले भनेका छन् ।…