Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ रेकर्ड राखेको छ । दशैंपछि खुलेको ३ दिन लगातार रेकर्ड तोडेको सुनले बुधबार अर्को रेकर्ड राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार २ लाख ३८ हजार रुपैयाँ तोला तोकिएको महासंघले जनाएको छ । यसअघि सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि…
काठमाडौं: बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका…
काठमाडौँ: सिंहदरबार जल्दा दमकल नपठाएको आरोप खेपिरहेका बेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेसबुकमा स्पष्टीकरण दिएका छन्। उनलाई पक्राउको माग गरी एमाले विद्यार्थी संगठनका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका बेला उनले एउटा भिडिओ नै सार्वजनिक गरी यो प्रस्टीकरण दिएका हुन्। उनले लेखेका छन्-‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?’ ‘तीन दिनसम्म जलेको हेरेर बस्यो?’ ‘सिंहदरबार जलाउने नै बालेन शाह हो!’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्। हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवस्यक जोसुकैले सूचनाको हकको आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि।…
काठमाडौँ: भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न व्यक्तिलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी आयोगले सो कुरा बताएको हो। गएको असोज ९ गते गृहमन्त्रालयले छानबिन आयोगले काम गरिरहेको भन्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्नहरूलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको थियो। गृहको परिपत्रपछि पक्राउ केही व्यक्तिहरूसमेत अनुसन्धान पूरा नहुँदै छुटेका थिए। आयोगले विज्ञप्तिमा भनेको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’ आयोगका सदस्य विज्ञान राज शर्माद्वारा…
काठमाडौँ — एमालेनिकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले जाहेरी लिएर आजै प्रहरी परिसर काठमाडौं पुगेका छन् । सरकारी सम्पति ‘लुटपाट, आगजनी, प्रहरी हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिन आएका हौं,’ उनले भने ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा…
काठमाडौँ: जेनजी प्रतिनिधिहरूले यही (अक्टोबर ८, ९) असोज २२ र २३ गते आफूहरूको कुनै आन्दोलन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरअघि भेला भएका उनीहरूले आन्दोलनका नाममा भ्रममा नपर्न सबैसँग आग्रह गरेका हुन्। ‘भोलि र पर्सि कुनै आन्दोलन छैन। कसैले भड्काउन खोज्ला, कसैदले उक्साउन खोज्ला, कसैले तपाइँलाई बाटोमा ल्याउन खोज्छ भने होसियार हुनुस्। कसैको भ्रममा नभड्किनु’ एक जेनजी अगुवाले भने, ‘हामी नेपाली हो। हामी नेपालीलाई कसैले फुटाउन खोज्छ भने त्यो देशद्रोही हो। देशद्रोहीसँग बचेर सजग भएर बस्नुपर्छ।’ उनीहरूले सरकारलाई सघाउन र सफल बनाउन पनि सबैसँग आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई…
काठमाडौँ: सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो । मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अस्थायी आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले स्थायी आवास निर्माणका लागि भने हिमालमा ५ लाख, पहाडमा…
काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ । समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् । समूहका नेता रिजन राना (आदित्य)ले भने, ‘हामीले आज भौतिक उपस्थितिमै पत्र दर्ता गर्यौं । अब पनि राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले सल्लाह हुँदैछ ।’ यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख…
काठमाडौं । जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियारका प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्रसमेत…