Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् । हालै भएको युवा पुस्ताको आन्दोलनलाई ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता सुनाएकी हुन् ।

Read More

काठमाडौँ: निर्वाचन आयोगले नयाँ मतदातालाई सूचिकृत हुनका लागि समय तोक्ने तयारी गरेको छ। मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगल‍े असोज मसान्तसम्मको समय दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेसँगै नाम दर्ताका लागि असोज मसान्तसम्मको मिति तय गर्न लागिएको हो। आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो। ‘अब एक-दुई दिनमै मतदाता नामावली दर्ता खुल्छ। यो महिनाभर खुल्छ’ निर्वाचन आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन्। त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए। बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा थियो। ‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन…

Read More

काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् । सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतनिधि छनोट गर्ने सहमति भएको हो । ‘जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि छनोट गर्ने सहमति भएको हो,’ बैठकमा सहभागी एक जेनजीले भने, ‘समावेशीको आधारमा प्रतिनिधि छनोट हुन्छ ।’ कति सदस्य प्रतनिधि बनाउने भन्ने भोलि बिहाबार निर्णय हुने ती सदस्यले बताए । भोलिका लागि जेनजीको भेला बोलाइएको छ । उक्त भेलाले दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराउने बताइएको…

Read More

काठमाडाैं । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले मतदाता नामावलीमा छुटेकाहरुलाई समेत समेट्ने गरी मतदाता नामावली अध्यादेश जारी गरेको छ । अध्यादेशले मतदाता नामावलीसम्बन्धी अधिकार आयोगलाई नै भनी व्यवस्था परिवर्तन गरेको छ । ‘अब राजपत्रमा अध्यादेश प्रकाशित भइसकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको निर्णय गराउनुपर्छ,’ कानुन मन्त्रालयका एक उपसचिवले भने, ‘कहिलेसम्म मतदाता नामावली संकलन जारी राख्ने अनि कुन उमेरसम्मका व्यक्तिलाई त्यो सहुलियत दिने भन्ने निर्णय निर्वाचन आयोगले नै गर्नेछ ।’

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

Read More

काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।

Read More

चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।…

Read More

काठमाडौं, असोज ५: आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

Read More