Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको…
काठमाडौँ: लघुवित्त संस्थाका सञ्चालक सङ्गठित भएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल लघुवित्त सङ्घ नेपाल गठन भएको जानकारी दिइयो । नवगठित संस्थाको अध्यक्षमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल रहनुभएको छ । समितिको उपाध्यक्षद्वयमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी रहनुभएको छ । यस्तै, महासचिव जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिव सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्ष आँधिखोला लघुवित्तमा नरेश केसी रहनुभएको छ । यस्तै, बोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य रहनुभएको छ । संस्थालाई लघुवित्त महासङ्घको रुपमा रुपान्तरण गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । हाल…
काठमाडौँ: कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । पहिला दैनिक दुईवटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक मात्रै उडान गर्नेछ । ‘अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ’, निगमको विज्ञप्तिमा भनिएको छ । बैङ्गलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक…
कोलम्बो: श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलङ्का आउन प्रतिबन्ध लगाइएको हो । कोरोना भाइरसको सङ्क्रम बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ । प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलङ्कामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ । हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलङ्काले आग्रह गरेको छ । यो प्रतिबन्ध शुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन् । श्रीलङ्कामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य…
धनुषा: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताउनुभएको छ । नेपाल रेल्वेको निरीक्षण गर्न जनकपुरधाम आउनुभएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरु गर्न बाँकी रहेको बताउनुभयो । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।” मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र…
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको उपचार खर्च ६ लाख भएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको १२ दिनको उपचार खर्च ५ देखि ६ लाखसम्म भएको अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जनकारी दिए। उपचार खर्चको बिल भने बनिनसकेको उनले बताए। ‘अहिले सबै हिसाब भएको छैन’, डा. खड्गाले भने, ‘उहाँको उपचार खर्च ५ देखि ६ लााखसम्म भएको अनुमान गरिएको छ।’ पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वास्थ्य लाभ…
काठमाडौँ: खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गर्नुभएको छ । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिनुभयो । “सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्”, उहाँले भन्नुभयो, “आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला ।” मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौँको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र…
गोरखा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताउनु भएको छ । नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।” विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचनासमेत गर्नुभयो । आफ्नो कार्यकाल सकिँनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उहाँले बताउनुभयो । “१४औँ महाधिवेशनको मुखमा…
भरतपुर: प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७६ आजदेखि यहाँ शुरु भएको छ । भरतपुरस्थित कभर्डहलमा शुरु भएको प्रतियोगिताको वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभयो । उहाँले पछिल्लो समय चितवनमा खेलकूदको गतिविधि बढ्दै गएकामा खुशी व्यक्त गर्दै अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माणले समेत खेललाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनको आयोजनामा शुरु भएको प्रतियोगिता भोलि सकिँदैछ । प्रतियोगितामा मेन्स डबल ‘ए’, ‘बी’, भेट्रान ४५ माथि र भेट्रान ५५ माथि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा देशभरबाट कूल २०० खेलाडी सहभागी भएको आयोजक संस्थाका कुश गुरुङले जानकारी दिनुभयो ।
काठमाडौँ: कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम…
