Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।
काभ्रेपलाञ्चोक । रोशीखोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए । शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ११ बजेदेखि ठूलो पानी पर्ने मौषमविद्को…
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। यता मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ। त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।
१८ असोज, काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो ।
काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको हो । मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका…
१७ असोज, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात् त्यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई…
१७ असोज, काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् । मौसमविद्हरुका अनुसार, दशैंको दिन (हिजो) देखि नै सामान्य झरी परेको थियो भने विहीबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा…
असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । यता, सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
१७ असोज, काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ । विशेषगरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र…
काठमाडौं । सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ। चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगायतका क्षेत्रमा गरिएको उक्त गतिविधिमा विशेषगरी खोला किनार र डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ। साथै, विपद् आए तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल–फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। सशस्त्र प्रहरीले विपद् न्यूनीकरण र उद्धारका लागि देशभरका सबै युनिटलाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखेको जनाएको छ। महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । हाल…