Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गत आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्से सूचक दुई दिनको करेक्शनपश्चात पुन: ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार दोहोरो अंकले बढेको नेप्से हालसम्मकै उच्च २१७८.५७ विन्दुमा पुगेको छ । गत आइतबार उच्च विन्दुमा नेप्से पुगेपछि सोमबार र मंगलबार करेक्शन आएको थियो ।बुधबार नेप्से १३.०७ अंकले बढेको छ । बुधबारको बजारमा २०५ कम्पनीको शेयर ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको केहि कम हो । बुधबार कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये व्यापार र जलविद्युत बाहेक अन्य बाँकी सबै समुह सकारात्म रहेका छन् । यसदिन नेपाल लाइफको सबैभन्दा…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको नयाँ प्रक्षेपण गरेको हो । जसमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० र २१ मा ०.६ प्रतिशत रहने अनुमान गरिएको छ । यस अघि गत चैत्रमा पनि विश्व बैंकले सार्वजनिक गरको प्रक्षेपणमा पनि नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत नै हुने अनुमान गरेको थियो । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको बृद्धिदर हुने लक्ष्य लिएको छ । गत आर्थिक वर्ष २०७६ /७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमै सीमित रहेको विश्व बैंकले उल्लेख…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी नेपाल(जसपा)द्वारा मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताए । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि…

Read More

हुम्ला: हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको हो । व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको भए पनि गत आवको अन्तिम साढे तीन महिना लकडाउन र चालू आवमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले लेखापरीक्षण समयमै गर्न नसकेको बताएका थिए । महासंघले सो यथार्थता राख्दै विवरण बुझाउने म्याद तीन महिना थप…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ । वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।

Read More

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित १२ जनाले निवेदन पेश गरेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, नेकपा प्रचण्ड-माधव नेपाल समूहबाट रिट दायर गरेका देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाइ बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने , ‘हामीले दायर गरेका रिटमा बृहत् पूर्ण इजलासमा बहस गर्न माग गरेका हौँ ।’ संविधानको धारा १२८ अनुसार सुनुवाइ होस् भनेर निवेदन दिएको उनले बताए । धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै…

Read More

भक्तपुर: भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । मंगलबार दिउँसो भक्तपुर नगरपालिका २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। सो खबरपछि बिजुलीको लाइन काट्न लगाई प्रहरीको टोली एम्बुलेन्स सहितको प्रहरी टोली खटिएको थियो। गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पुर्‍याउँदा दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Read More

काठमाडौँ: विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो। काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् । हिजो बिहानैदेखि काठमाडौंको आकास तुवाँलोले ढाकेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा…

Read More

काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उहाँले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेनी नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिनुभयो । अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जतिपनी प्रगती देखिएपनी त्यसले सही मानेमा…

Read More