Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । बैंकको आईपीओ शुक्रबार साँझ लगानीकर्ताहरुको खातामा जम्मा गरिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेले बैंकको शेयर एनआइएफआरए (NIFRA) संकेतमा डिम्याट खातामा जम्मा गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबाररमा आउनेछ । बैंकको आईपीओ अब नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा भएपनि नेप्सेमा कारोबारका लागि सूचीकरण हुन बाँकी नै रहेको छ । बिहीबारको आम हड्ताल र शुक्रबारको नेकपाको शक्ति प्रदशनका कारण बैंकको आईपीओ सूचीकरणमा ढिलाई भएको बताइएको छ । बैंकले यहि माघ २…
कैलाली: कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने…
काठमाडौँ: आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध गरिने भएको हो। प्राधिकरणका अनुसार प्रदेश १ को धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द गरिनेछ। जसले गर्दा धरान वडा नम्बर १, ३, ४, ५, ६, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९ र २० मा त्यतिन्जेल बत्ती जानेछ। प्रदेश ५ को नेपालगन्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म बिजुली बन्द गरिनेछ। जसका कारण न्युरोड,…
काठमाडौँ: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले (शनिबार बिहान) देशैभर मौसम बदली (आंशिकदेखि सामान्यसम्म) भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ। प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी आज राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक दुई…
एजेन्सी: जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्थालाई उसकै मैदानमा १–० गोलले हराएको छ । बायर्नलाई जिताउन किङ्ग्ले कोमानले २१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले २० खेलमा ४८ अङ्क जोडेको छ । पराजित हेर्था भने १७ अंकसहित १५औँ स्थानमा छ ।
काठमाडौँ: चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो। परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रीनिकट स्रोतले बतायो। यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो। अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन। चिनियाँ…
काठमाडौँ: नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे । सबै किसिमका बिपत्तिमा पनि निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हांसिल गर्न सरकारको ध्यानाकर्षण गराए । ‘द्धन्द्ध, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना जस्ता जटिल समय हामीले भोग्यौं । यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ,’ अध्यक्ष मोरले थपे ‘सरकारले उपयुक्त…
काठमाडौँ: बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिलाई नियन्त्रक नबनाउन बीमकहरुलाई घुमाउरो तरिकाले चेतावनी दिएका छन् । शुक्रबार समितिमा आफ्नो अध्यक्षको कार्यभार सम्हाल्दै सिलवालले बीमा कम्पनीहरु तथा अन्य सरोकारवालाहरु सबै आफैँ ऐन नियम भित्र रहेर काम गरे समितिले कारवाही गर्नुपर्ने अवस्था नै नआउने बताए । बीमकहरुले अहिले पनि ठूला व्यक्ति र व्यवसायमा केन्द्रित रहेर नाफामुखी रहेको भन्दै उनले दुई छाक जोहो गर्न नसक्नेहरु कहाँ बीमा पुग्नुपर्ने बताए । बीमा क्षेत्रमा लगानी गरेर मुनाफा कमाउनेको नाफा वैधानिक हुनुपर्ने उनको भनाई थियो । बिहीबार अर्थ मन्त्रालयबाट नियूक्ती बुझेका नवनियुक्त अध्यक्ष सिलवालले शुक्रबार समितिमा कार्यभार सम्हाल्दै बीमा कम्पनीलाई कानूनको उल्लंघन गरेर…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजनालाई सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ । स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा…
काठमाडौँ: सर्वोच्च अदालतले संवैधानिक अंगमा किन पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार यस्तो आदेश दिएको हो। संवैधानिक आयोगहरूमा असंवैधानिक तवरले नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमा संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई तत्काल काम गर्नबाट रोक्न पनि माग गरिएको थियो । तर, उनीहरूलाई काम गर्नबाट रोक्न भने इजलासले अस्वीकार गरेको थियो । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयलगायतलाई १५ दिनभित्र लिखित जवाफ…
