Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले कृषि बिकास बैंकको संचालक समितिको सदस्यमा दिर्घराज मैनाली मनोनयन गरेको छ । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले आइतबार सपथ ग्रहण गरेका थिए । उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिती…

Read More

काठमाडौँ: भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ। आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू हुने गरी प्रतिबन्धहरू लगाएका हुन्। नयाँ प्रतिबन्धअनुसार अत्यावश्यकबाहेकका सबै पसलहरू अप्रिल अन्तिमसम्ममा बन्द हुनेछन्। रेष्टुरेन्टहरूबाट टेक अवे र होम डेलिभरी सुविधामात्र हुनेछ। राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लगाइने छ। दिउँसो पाँच जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन। सार्वजनिक सवारीमा क्षमताको ५० प्रतिशत यात्रुमात्र बोक्न पाइनेछ। अटो र ट्याक्सीले दुई जनामात्र यात्रु बोक्न सक्नेछन्। सिनेमा हल, जिम, मल, प्ले ग्राउन्ड सबै…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसैगरी, हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानमा उल्लेख छ । यस्तै, सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

Read More

सुर्खेत: कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् । एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।…

Read More

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ । एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।

Read More

काठमाडौं: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस…

Read More

काठमाडौं: संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको आइतबारको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो । ५ साउन २०७६ मा कांग्रेस सांसद मिनेन्द्र रिजालको संयोजकत्वमा डेडिकेटेड र ट्रंक लाइनको छानबिन गर्न लेखा समितिले उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसदहरु प्रदीप यादव, पार्वतीकुमार विशंखे, सूर्य पाठक, तेजुलाल चौधरी सदस्य थिए । उपसमितिले आइतबार मूल समितिमा प्रतिवेदन बुझाएको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल गर्ने विषयमा ऐन कानुनको परिपालना नभएको उपसमितिले…

Read More

काठमाडौँ: गोल्छा ग्रुपले दुई मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ। यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्। गोल्छाका अनुसार यो आयोजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए।

Read More

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको समूहले विभिन्न अभियान घोषणा गरिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले भने साइबर ‘आक्रमण’ जारी राखेका छन्। यसै क्रममा ओलीका विश्वासपात्र मानिने बास्कोटाले आइतबार बेलुका सामाजिक सञ्जालमार्फत नेपाल समूहलाई ‘महाझेली गुट’को संज्ञा दिएका छन्। ‘न पार्टीको नाम न चुनाव चिह्न उसै एमाले मेरो रे ! दुई महिनाअघि सूर्य चिह्न नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो। सोझै एकता गरे हुने,’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले व्यंग्य गर्दै ट्विट गरेका छन्, ‘गाईलाई घाँस हजुर भैंसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो।’

Read More

काठमाडौँ:  नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उहाँले जानकारी दिनुभयो ।

Read More