Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं:काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ । ‘प्रस्तावित बजेटमा कोभिड-१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार ५१८ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ७० हजार ९५८ जनाले कोरोना संक्रमण जितेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको…
काठमाडौँ: दश दिनयता निरन्तर आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले प्रतिष्ठानभित्रको बेथितिबारे ‘एक्सन’ लिन कुलपति एवम् प्रधानमन्त्री गुहारेका छन्। इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत् बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले स्वास्थ्य शिक्षा र उपचार केन्द्रको धरोहर बचाउन तत्कालै अग्रसरता देखाउन माग गरेका छन्। गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, विशेषज्ञ चिकित्सकबाट बिरामीको उपचार गर्ने र अध्ययन अनुसन्धान गर्ने मुख्य उद्देश्य बोकेको बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रूपमा जर्जर बनेको उल्लेख गर्दै संयुक्त संघर्ष समितिले प्रतिष्ठानको कुलपतिको नाताले आवश्यक निर्देशन दिन माग गरेको छ। ‘प्रतिष्ठान यतिबेला जीवनमरणको दोसाँधमा छ’, ज्ञापनमा भनिएको छ ‘यहाँका…
काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको थप जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र पराष्ट्रको जिम्मेवारी दिइएको छ । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेलले गृहसहित ५ मन्त्रालयको जिममेवारी पाएका छन् ।
काठमाडौँ: वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद बोलाउने आदेश अदालतले गर्नुपर्ने जिकिर गरेका छन् । ‘धारा ७६ (५) सांसदहरुलाई दिएको ब्रम्हास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन्’, श्रेष्ठले बिहीबार संवैधानिक इजलासमा काँग्रेस सभापति शेरबहादुर देउवालगायतका सांसदहरुको रिट निवेदनमाथि बहसका क्रममा भने, ‘जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन ।’ उनले अहिले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यशैलीले समस्या निम्त्याएको भन्दै राष्ट्रपतिको अधिकारको बारेमा राम्ररी ब्याख्या हुनुपर्ने…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् । यस्तै, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) नियुक्त भएका छन् भने सदस्यहरूमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर), मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् । यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर…
काठमाडौँ: सन्तोषी सुब्बा हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको हो। एक प्रहरी अधिकारीका अनुसार २१ वर्षीय उनी काठमाडौंको दक्षिणकालीस्थित वर्कसपमा काम गर्छन्। आज पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। विभिन्न चराको आवाज निकालेर युट्युबमा भाइरस सुब्बा गत मंगलबार बिहान दक्षिणकालीमा मृत फेला परेकी थिइन्। उनको घाँटीमा माला चुँडिएका तथा लुगा च्यातिएका थिए भने निधारदेखि मुनिका भाग ढुंगाले कुच्याएर नचिन्ने थियो। बलात्कार प्रयासपछि उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
काठमाडौं: चालु वर्षको ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख मूल्य बराबरको वस्तु आयात भएको छ । जुन गत आवको तुलनामा २५.६७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो। यो अवधिमा सबैभन्दा धेरै डिजेल दोस्रोमा पेट्रोल र तेस्रोमा सवारी साधन बढी आयात भएको भन्सार विभागको तथ्यनंकले दोखाएको छ । यस अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८७ सय ६१ वटा आयात भैसकेको छ। यस्तै ११ महिनामा करिब २ लाख वटा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल आयात भएको छ । त्यस्तै, ११ महिनासम्मको अवधिमा वैदेशिक व्यापार…
काठमाडौँ: नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो । सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न…
एजेन्सी: क्रिस्टियानो रोनाल्डोले बिहीबार अर्को कोसेढुंगा छोएका छन् । उनले पेनाल्टीबाट गरेको दुई गोलमा पोर्चुगलले फ्रान्सलाई युरो २०२० मा २–२ को बराबरीमा रोक्यो । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ । इरानका अली देईले पनि इरानका लागि सन् १९९३ देखि २००६ खेलेर १ सय ९ गोल गरेका छन् । रोनाल्डो र दाइ नै ९० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने दुई मात्र पुरुष खेलाडी हुन् । त्यस्तै रोनाल्डो युरो कपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी पनि बनेका छन् । रोनाल्डोले युरो २०२० को पहिलो खेलमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका…
