Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले छलफल सुरू गरेका छन्। देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्। कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफू बुढानिलकण्ठस्थित छलफलमा रहेको बताए। हुमागाईंलाई देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका थिए। हुमागाईं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्थे। देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्। साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग…

Read More

काठमाडौँ: नेपाली बजारमा आइतबार पनि सुन चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलको ८०० रुपैयाँ र चाँदीके भाउ १५ रुपैयाँले घटेको हो । जेठ २८ गते तोलाको ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयताका दिनहरुमा घट्दै जाँदा तोलाको ४ हजार ५०० रुपैयाँले घटिसकेको छ भने चाँदी ७५ रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार असार ६ गते आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । आइतबार विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोडले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूची सहितको विज्ञप्ती बदर गर्न माग गर्दै अधिवक्ताद्वय रविन बोहजु र सुरेन्द्र कोंजुले सर्वोच्च अदालतमा शुक्रबार दायर रिटमाथि आज सुनुवाई हुँदैछ । नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा शुक्रबार दायर भएको रिटमाथि आइतबारका लागि पेशी तोकिएको छ । आइतबारका लागि तोकिएको कुल ४६ वटा सूचीमा मुद्दा नम्बर ०७७ WO ११९२ नम्बर रहेको बोर्ड विरुद्धको सूची ४४ औं स्थानमा रहेको छ । रिटमा बोर्डले सार्वजनिक गरेको नेप्सेमा सूचीकृत ५१ कम्पनीको सूचीसहितको विज्ञप्ति बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र कानुन सम्मत नभएकोले बदर गर्न माग गरिएको छ । बोर्डको उक्त निर्णयले लगानीकर्तालाई त्रसित…

Read More

महेन्द्रनगर, ६ असार (रासस) : महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् । “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”, प्रनानि गुरुङले भन्नुभयो, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई…

Read More

काठमाडौं: सरकारले विदेश भ्रमण जानेहरुका लागि २२ वटा निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बीएण्डबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज छन्। यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई…

Read More

काठमाडौँ: बाराको सिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा दुईजना भारतीय मजदुरको मृत्यु भएको छ। घटनामा अन्य ३ जना घाइते भएका प्रहरीले जनाएको छ। जीतपुरसिमरास्थित जगदम्बा स्टिल्स उद्योगमा शनिबार राति आगलागी भएको हो। आगलागीमा परेर भारतको विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। घटनामा नेपाली मजदूर राजकुमार बिश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका छन्। घाइतेमध्ये एकको अववस्था गम्भीर छ। पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा ट्यांकी पड्किएको र त्सपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ। घाइते मजदुरको वीरगन्जस्थित तराई…

Read More

काठमाडौँ: युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘ए’ का इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । यस्तै दोस्रो खेलमा टर्कीलाई र दोस्रो स्वीट्जरल्याण्डलाई इटालीलेल समान…

Read More

काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका एकदुई स्थानमा ‘धेरै भारी’…

Read More

काठमाडौं: उपत्यकामा जारी निषेधाज्ञा यही असर ७ गते सकिन्दै छ। तर उपत्यकाका सिडिओहरु भने कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको बताएका छन् । उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । ‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ सीडीओ पराजुलीले भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’ अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका…

Read More