Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज छलफल गर्ने भएका छन्। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको मुखमा पुगेपछि त्यसलाई बचाउँन भन्दै देउवा आफै संवाद गर्ने भएका हुन्। यसअघि उनले विशेष महाधिवशेन पक्षसँग छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अगाडि सारेका थिए। तर, सहमति नजुटेपछि र विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेपछि देउवा आफै सक्रिय भएका हुन्।सोमबार उनले आफू पक्षीय नेताहरू र डा. शेखर कोइराला पक्षका नेताहरूसँग छलफल गरेका छन्। उनले कानून व्यवसायीलाई समेत निवासमा बोलाएर राय लिएका छन्। देउवालाई भेटेर फर्किएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले…
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सोमबार बन्दसत्र सकिएको छ भने मंगलबार बिहान फेरि सुरु हुने भएको छ। सोमबार भएको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए। उनीहरूका प्रस्तावमा महाधिवेशन प्रतिनिधिले समूहगत छलफल गरेका थिए। आज छलफल नसकिएपछि फेरि मंगलबार बन्दसत्र जारी रहने महाधिवेशन पक्षधरका नेता सुवाषकुमार पोखरेलले जानकारी दिए। विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेका प्रतिवेदनमाथि छलफल जारी रहेको उनले बताए। सोमबार भएको छलफलमा कोसी प्रदेशको टोलीले आफ्नो समूहगत प्रतिवेदन बुझाएको छ। केही प्रदेशले छलफल जारी राखेको पोखरेल बताए। ‘महामन्त्रीका प्रतिवेदनमा छलफल जारी छ। भोलि सकिन्छ’ उनले भने। पुराना समिति भंग गरेर नयाँ…
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिनको विशेष महाविधेशनको बन्दसत्रमा सोमबार प्रस्तुत सो प्रस्तावमा थापाले विशेष केन्द्रीय महाधिवेशनबाट सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट मार्गदर्शन, व्यवस्थापनमा अब्बल पार्टी निर्माण गर्ने उल्लेख गरेका छन् । ‘कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२र६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको पार्टी बनाउनेछौँ’, महामन्त्री थापाद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ । महामन्त्री थापाले पार्टीको नेतृत्वमा…
काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन ४ हजार १०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै महँगो हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेसँगै ५ हजार माथि पुगेको छ । आज चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले विशेष महाधिवेशनमा सभापति नजाने बताएका हुन्। ‘सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ उनले भनेका छन्। कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष विधान महाधिवेशन अन्तर्गतको बन्दसत्र आज सोमबार बिहान सुरु हुँदैछ । आइतबार राजधानीमा सम्पन्न उद्घाटन समारोहपछि महाधिवेशन औपचारिक छलफल र निर्णयको चरणमा प्रवेश गरेको हो। बन्दसत्रमा पार्टीको विधान, संगठनात्मक संरचना, आन्तरिक प्रक्रिया तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । पार्टी नेता रामप्रसाद अधिकारीका अनुसार उद्घाटन समारोह अपेक्षाकृत व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको दाबी गर्दै नेतृत्व पक्षले यस विशेष महाधिवेशनबाट हुने निर्णयहरू वैधानिक हुने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन आयोजना गर्नुको पृष्ठभूमिमा पार्टीभित्र लामो समयदेखि उठ्दै आएका संगठनात्मक र प्रक्रियागत…
काठमाडौं: मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’…
काठमाडौँ: काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् । प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताउनुुभयो । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं…
काठमाडौं: ऊर्जा मन्त्री कुलमान घिसिङले आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्पष्ट पारेका छन् । मंगलबार ललितपुरमा इन्जिनियरहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । घिसिङको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ गठन भएको थियो। सो पार्टीले पुस २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। एकता सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षरका क्रममा घिसिङ पनि उपस्थित थिए भने कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने उल्लेख थियो । उक्त घटनापछि घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने भन्दै राजनीतिक दल र नागरिक समाजबाट दबाब बढ्दै आएको छ ।…