काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन ४ हजार १०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै महँगो हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेसँगै ५ हजार माथि पुगेको छ । आज चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला चाँदी ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५७०.३२ अमेरिकी डलर र चाँदी ८३.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
