Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस बुधबारदेखि खुलेका छन्। कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। क्याम्पसहरू खुले पनि पठनपाठन भने सुचारू भएको छैन। ‘विद्यार्थीको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेकाबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिविका सबै क्याम्पसहरू स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै आजदेखि खुलेको छ,’ अधिकारीले भने। त्रिविको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो। सरकारले मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका…
गोदावरी: कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ । जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो । कैलाली र डोटीका दुई–दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन् । नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी…
सिन्धुपाल्चोक, ७ साउन (रासस) : खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो । चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको…
रोल्पा, ७ साउन (रासस) : रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो । उहाँलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिनुभयो । स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रोल्पाको थवाङ…
काठमाडौं: सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडीहरूले राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न थालेछि फागुन अन्तिम सातादेखि सरकारले खेल गतिविधि बन्द गराएको थियो । यसपछि खेलाडीहरू घरमा बस्न बाध्य थिए । चार महिनाभन्दा धेरै समय मैदानबाट टाढा रहेका खेलाडीहरू अभ्यासमा फर्किन आतुर देखिएका छन् । कोरोना संक्रमणको जोखिम कम नभएकाले सर्तकताका साथ अभ्यासमा जुट्ने योजनामा रहेका खेलाडीहरूलाई सरकारको निर्णयले राहत दिएको छ । दिनभर मैदानमा हुनुपर्ने खेलाडी चार महिनादेखि घरमा बस्नु पर्दा फिटनेस र सामूहिक अभ्यासमा असर परेको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक विकेश कुथुको भनाइ छ…
एजेन्सी: संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा त्यस्तै प्रोजेक्टलाई फन्ड गरिरहेका छन् जसको नाम हो – न्यूरालिङ्क । यस अन्तर्गत एउटा यस्तो कम्प्युटर बनाइँदैछ जो एउटा सानो चिप आकारको हुनेछ । यसलाई मानिसहरुको दिमागमा फिट गरिनेछ । चर्चित कम्प्युटर वैज्ञानिक अस्टिन हार्वर्डसँग ट्वीटरमा कुराकानीको क्रममा मस्कले कम्पनीद्वारा बनाइएको यो उपकरणमार्फत् सङ्गीत सिधा दिमागमा पुग्ने जानकारी दिएका छन् । यो डिभाइसले कुनै पनि प्रकारको लत र डिप्रेशनबाट छुटकारा दिलाउन पनि मद्दत गर्नेछ । २८ अगस्टमा…
काठमाडौं, रासस: अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो । यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति…
काठमाडौं: गत महिना असारमा वाणिज्य बैंकहरुमा २११ अर्ब निक्षेप थपिएको छ भने यस महिनामा बैंकहरुले एक खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन्। असारको अन्तिम साता मात्रै बैंकहरुमा ९८ अर्ब निक्षेप तथा ६१ अर्ब कर्जा विस्तार भएको नेपाल बैकर्स संघले जनाएको छ । नेपाल बैकर्स संघका अनुसार मर्जरका कारण बैंकहरुको निक्षेप तथा कर्जामा बढोत्तरी आएको हो। असारमा मेगा बैंकले गण्डकी विकास बैंक, सिटिजनले सहयोगी विकास बैंक र कुमारीले देव विकास बैंकलाई गाभेकाले निक्षेप र कर्जाको आकार बढेको हो। बैकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको ब्याज र सरकारी भुक्तानीको रकम समेत बैंकहरुमा आएकाले निक्षेप…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो…
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक…
