Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नुवाकोट जिल्लाको विदुर नगरपालिका–१३ घर भएका ५२ वर्षीय उर्पा तामाङ उर्फ सेसे १९ वर्ष जेल बसेका छन् । २०५४ सालमा खैरो हेरोइन सहित पक्राउ परेर जेल परेका सेसे २०७३ मा जेलबाट निस्किए । तर, उनी अझै सुध्रेका छैनन् । लागु औषध नियन्त्रण ब्युरोले उनलाई फेरी पक्राउ गरेको छ । उर्पा तामाङ ‘सेसे’लाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको ब्युरोका प्रमुख (एसएसपी) हृदय थापाले रातोपाटीलाई बताए । लागु औषध ‘खैरो हेरोइन’ मुद्दामा जेल गएका सेसेले अहिले चरेस तस्करीको ‘धन्दा’ शुरु गरेका छन् । नेपालबाट भारतको बाटो हुँदै हङकङ, थाइल्याण्ड र टर्की सहितका मुलुकमा चरेस पठाउने समूहका ९ जनालाई पक्रेर ब्युरोले पत्रकार…

Read More

काठमाडौं: नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । छानविन समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएको हो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदको दुरुपयोग गरेको आरोप लागेको छ। सो विषयमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल…

Read More

काठमाडौं: मुलुकभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । ८ वर्ष अघिबाट निर्माण सुरु भएको आयोजना आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको छैन । मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभ¥याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणल निर्माण ढिला भएको हो । स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि…

Read More

काठमाडौं: नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८.५ प्रतिशत (कर सहति)ले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृति पश्चात तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ।

Read More

काठमाडौँ: नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार)ले न्यायाधीशलाई प्रभाव पार्ने गरी मानपदवी र विभूषण नदिन सरकारलाई आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै बारले न्यायाधीशहरूलाई पनि मानपदवी लिँदा गम्भीर हुनुपर्ने सुझाव दिएको छ। ‘न्यायपालिकामा कार्यरत न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्नु गराउनु हुँदैन। यस्ता प्रकारका मानपदवी दिने गरी सिफारिस र घोषणा नगराउन नेपाल सरकारसमक्ष यो बार आग्रह गर्दछ,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘बहालवाला न्यायाधीशहरूले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा विभिन्न किसिमको टीका-टिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने न्यायिक स्वतन्त्रताको मूल्य र मान्यतामा…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने जानकारी दिए । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि…

Read More

काठमाडौँ: संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् । एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे । सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्रीले जनार्दन शर्माले मर्यदा नाघेको उनले आरोप लगाए । संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै…

Read More

काठमाडौँ: राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेछ। सोमबार प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले साेमबार पास गरेको हो। अब आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ। दलहरूबीच सहमति भए विधेयकबारे आजै सैद्धान्तिक छलफल हुनेछ। सैद्धान्तिक छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टा समय दिइनेछ। यस अवधिमा सांसदहरूले बजेटमा संशोधन सुझाव राख्न पाउनेछन्। राष्ट्रिय सभाका सदस्यले विधेयकमा खर्च कटौतीको प्रस्तावसमेत राख्न पाउँछन्। यसमा छलफल…

Read More

बागलुङ: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन्। उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बताए।

Read More

नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ। आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो। बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन। क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ। क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन। क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २…

Read More