Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् । अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ ।’ अखिल फोर्स’ले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही ब्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।’ वरिष्ठ नेता…

Read More

दार्चुला: भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउँदा तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको छ । साउन १५ मा ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ: सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५०…

Read More

काठमाडौँ: नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् । सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले अनुरोध गरेका छन् । बीमक संघका अनुसार हालसम्म कोरोनाको दाबी भुक्तानीका लागि परेको १३ अर्ब रूपैयाँभन्दा बढीको दाबी बीमा कम्पनीहरुको क्षमता बढी रहेको उल्लेख छ ।

Read More

काठमाडौँ: मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज प्रदेश-२ र कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति गण्डकी र सदूरपश्चिम प्रदेका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान २०७८ श्रावण १६ गते दिउँसो :…

Read More

एजेन्सी: अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् । हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते…

Read More

काठमाडौँ: हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा झगडा भएको छ। शुक्रबार साँझ बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवाद सुरु भएको थियो। हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि झ्वाँक्किएका पारसले प्रहरीलाई हप्की दप्कीसहित गालीगलौज पनि गरेका थिए। रोकेपछि आक्रोशित पारसलाई प्रहरीले हातमा समातेर रोकेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताए। हेल्मेट नलगाइ मोटरसाइकल चलाएकोबारे त्यहाँ जम्मा भएका अन्यले पारसकै गल्ती देखाइरहँदा उनी भने प्रहरीसँग झगडा गर्न तम्सिएका थिए। पारसले प्रहरीलाई हप्काइरहेको भिडियो केही…

Read More

काठमाडौँ: अब पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) आफैंले सेयर ब्रोकर छान्न पाउने भएको छ । यसअघि सबै प्रक्रिया नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूरा गरी लाइसेन्सका लागि सेबोनलाई सिफारिस गर्ने व्यवस्था थियो । सोही व्यवस्था परिमार्जन गर्दै धितोपत्र बोर्डले उक्त अधिकार आफ्नो पोल्टामा ल्याएको हो । यसका लागि सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नै खारेज हुने गरी नयाँ बनाएको छ । नयाँ नियमावली धितोपत्र बोर्डको सञ्चालक समितिबाट पारित भएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको छ । नियमावली जस्ताको तस्तै स्वीकृत भए अब नेप्सेले ब्रोकरको आवेदन संकलन मात्र गर्न पाउनेछ । छनोटका सबै काम (लिखित परीक्षा, प्रस्तुतीकरण, अन्तर्वार्ता आदि) सेबोनले…

Read More

काठमाडौँ: जापानमा जारी टोकियो ओलम्पिकमा शुक्रबार अमेरिकाले कुनै पनि स्पर्धामा स्वर्ण नजित्ने सम्भावना रहेको छ । शुक्रबार महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा दक्षिण अफ्रिकाका टाटियाना सुमाकर प्रमुख दाबेदार रहेकी छिन् । महिलासय मिटरमा अस्ट्रेलियाका अम्मा म्याककोन, स्विडेनकी साहरा जोस्टम र अस्ट्रेलियाकै केट क्याम्बेलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुई सय मिटर ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभ उपाधिका मुख्य दाबेदारको रूपमा रहेका छन् । पुरुष २ सय मिटर मेड्लीमा अमेरिकाका माइकल एन्ड्रयु दाबेदारको रूपमा प्रतिस्पर्धा गरे पनि ओलम्पिकमा कमजोर प्रदर्शन गरी रहेका कारण उनले उपाधि जित्ने सम्भावना कमै रहेको छ । आर्चरीको महिला एकलको उपाधि शुक्रबार टुङ्गो…

Read More