Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पीसीआर परीक्षण गरेकी थिइन । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसेको डा शाहले बताइन । आफ्नो सम्पर्कमा रहेकाहरुलाई जानकारी गराएको बताउँदै उनले प्रधानमन्त्री ओलीसँग भने लामो समयदेखि भेटघाट नभएको बताएकी छन् ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा देशको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको साउन महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले मात्र बचतमा थियो ।आयात व्यापारमा आएको गिरावट तथा देशमा भित्रने रेमिटान्स वृद्धिदर उच्च रहेका कारण देशको शोधनान्तर स्थिति बचत बढेको हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ । यसैगरी समीक्षा अवधिमा चालु खाता २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोडले घाटामा…

Read More

काठमाडौँ: दशैँ आउन अब एक महिना पनि समय नरहेको अवस्थामा सरकारले यसपाली भने आक्रामक बजार अनुगमनको रणनीति अपनाउने भएको छ । कोरोना संकटले बजार शिथिल भइरहेको बेला सरकारले भने ‘आक्रामक’ दशैँ अनुगमन योजना बनाएको हो। योजना अनुसार सरकारी अनुगमन टोलीले व्यापारीबाट कुनै गलत काम गरेको भेट्टाएमा तत्कालै नियन्त्रणमा लिएर थुनामा राख्न सक्नेछन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न निकायसँग मिलेर बजार अनुगमन गर्नेछ। यसको लाागि थप ३० जना निर्देशन अधिकृत परिचालन हुनेछन्। ‘विभिन्न निकायसँग समन्वय गरेर बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाइनेछ’, विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘गलत गर्नेलाई तत्काल नियन्त्रणमा लिने र थुन्नेसम्मको कारबाही हुनेछ।’ विभागले…

Read More

पाल्पा, १० असोज (रासस):  रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताउनुभयो । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएको छ । तपाईंहरू कोही कसैले अन्यथा नमान्नुहोला । कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषद्बाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’, एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बाध्यता…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थप्न तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन्। फुटाउन लागेका मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छन्। स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाइनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाइनेछ। त्यस्तै, भौतिक पूर्वाधार र यातायात गरी दुइटा अलग मन्त्रालय बनाइनेछ। यी मन्त्रालय विगतमा अलग-अलग नै थिए। सार्वजनिक खर्च कटौती र प्रशासनिक सुधारको निम्ति मिल्दोजुल्दो कार्यक्षेत्र भएका मन्त्रालय आपसमा गाभिएका हुन्। अहिले आएर फेरि नयाँ मन्त्रीलाई मन्त्रालयको भाग पुर्‍याउन विभाजन गर्न…

Read More

एजेन्सी: अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो। विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो। अहिले  विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ। प्रस्तावित कानुनले ठगी कम गर्ने, राष्ट्रिय सुरक्षा बढाउने विभागको विज्ञप्तिमा उल्लेख छ। भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी…

Read More

काठमाडौं: केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् । मौसमविदहरुका अनुसार आज भने देशभर मौसम खुल्नेछ । हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापीय क्षेत्र उत्तर-पुर्वतर्फ…

Read More

काठमाण्डाै: इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । आज राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराउन सफल भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रन बनाए । शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए भने पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रन बनाए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २०…

Read More

काठमाडौँ:नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड  मोबाइल ‘पाठशाला CUG सिम’ निःशुल्क उपलब्ध गराउन लागेको हो । प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको Closed User Group (CUG) मा आबद्ध गरी मासिक जम्मा…

Read More