Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुरू हुँदैछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् । काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो ।पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९-१३…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको साउनमा करिब ३९ अर्ब रुपैयाँले शोधनान्तर स्थिती नकारात्मक भएको छ । आर्थिक क्रियाकलाप चलायमान भएपछि बढ्दो आयात र घट्दो रेमिट्यान्स आप्रबाहले शोधनान्तर स्थिती नकारात्मक देखिएको हो । चालु आर्थिक वर्षको साउनमा करिब ७५.७ प्रतिशतले आयात बढेको छ भने रेमिट्यान्स आप्रबाह करिब १८.१ प्रतिशतले घटेको छ । यसले गर्दा शोधनान्तर स्थितीमा दवाव परेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको असारमा एक अर्ब २३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर स्थिती चालु आर्थिक वर्षको पहिलो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । चालु आवको साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपौयँ घाटामा…

Read More

चितवन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दसैँ अघि एक लाख डोज खोप ल्याइने बताए । उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।” बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री…

Read More

काठमाडौँ: गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट ११ जना डिआइजीहरूको सरुवा भएको हो। यो सरुवामा सबै प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू समेटिएका छन्। सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार बराह बाहिनी सुनसरीमा कमल गिरीको सरुवा भएको छ। त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ। यसैगरी, डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौंडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ। हेटौडामा किशोर प्रधानलाई पठाइएको छ। डिआइजी कुलबहादुर नेम्वाङलाई प्रधान कार्यालयको मानवस्रोत विभागबाट विन्ध्यावासिनी बाहिनी, रूपन्देही सरुवा गरिएको छ। राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ। सशस्त्र प्रहरीको पोखरास्थित…

Read More

काठमाडौँ:राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ । आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिए पछि विधेयक अघि वढाइएको हो । अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि…

Read More

लक्ष्मीप्रसाद सापकोटा पर्वत, ८ असोज (रासस) : यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत…

Read More

काठमाडौँ-भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ ।साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार)बिहान विज्ञप्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यो क्रम रातीसम्मै जारी रहने विभागको विश्लेषण छ । यसैगरी भोलि शनिबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित…

Read More

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई रहेका छन् । त्यस्तै पार्टीको महासचिवमा डा. वेदुराम भुसाललाई चयन भएका छन् । उपमहासचिवमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी,…

Read More

काठमाडौं महानगरपालिकाले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो बुधबार साँझ बसेको बैठकले कोभिडबाट सावधानी अपनाउँदै विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे विभिन्न २७ बुँदे मापदण्ड समेत अनुमोदन गरेको छ । सोही मापदण्डका आधारमा विद्यालय सञ्चालन गर्न खुला गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । सुवेदीले सो कार्यालयका प्रतिनिधि समेत सहभागी भएर यस्तो निर्णय गरिएको उल्लेख गरे । यता जिल्ला प्रशासन कार्यालयले भने यसबारे कुनै निर्णय गरेको छैन । नगरपालिकाले निम्न मापदण्डका आधारमा पठनपाठन अघि बढाउन सबै विद्यालयलाई परिपत्र गरेको छ । यस्तो छ विद्यालय सञ्चालनका तय गरिएको २७ बुँदे मापदण्ड १.) विद्यालय सञ्चालन…

Read More