Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा जान तयारी गरिरहेका स्थायी कमिटी सदस्यलाई एसएमएसमार्फत बैठक स्थगित भएको सूचना दिइएको थियो । एसएमएसबाटै बैठक स्थगितको सूचना आएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘बैठकमा जाने तयारी स्वरुप म लुगा लगाएर ठीक पर्दै थिएँ । बैठक स्थगितको म्यासेज आयो,’ पन्तले भने, ‘स्थायी कमिटी सदस्यको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेर स्थगित भनिएको छ । हाम्रो त सबै ठीक छ ।’ स्थायी कमिटीका कतिपय…
राजविराज: कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नेपालकै प्रसिद्ध मानिने सप्तरीको बरमझियास्थित पेडा व्यवसाय यतिबेला सङ्कटमा परेको छ । नेपालमै पेडाका लागि प्रसिद्ध सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा ४० देखि ५० भन्दा बढी पेडा पसल सञ्चालनमा छन् । लकडाउनका कारण पेडा बनाउनका लागि आवश्यक पर्ने भैँसीको दूध र चिनी तथा दाउरा मागबमोजिमको आपूर्ति हुन नसक्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको पेडा व्यापारीको गुनासो छ । लगातारको लकडाउनले पेडाको व्यापार गर्नेहरुको पेशा मात्रै सङ्कटमा परेको छैन, पेडा व्यवसाय नै सङ्कटमा परेको माँ कंकालिनी पेडा भण्डारका पेडा व्यवसायी राजकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “दूध, दाउरा र चिनीको कमीका साथै पसलमा…
काठमाडौं: पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले जानकारी दिए । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।.
काठमाडौँ: नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका…
काठमाडौँ: लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो । भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पु¥याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो…
काठमाडौँ: नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि…
काठमाडौँ: मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ । कूल जिडिपीमा सो प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखाएको हो । विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको आकार रु १३ खर्ब ५० अर्ब हुने अनुमान गरिएको छ । मुलुकको कूल रु ३७ खर्ब ६७ अर्ब बराबरको जिडिपीमा सो प्रदेशको हिस्सा झण्डै एक तिहाइ बराबर रहेको छ । यसैगरी कूल जिडिपीमा प्रदेश १ को हिस्सा १५.८२, प्रदेश ५ को हिस्सा १४.१८, प्रदेश २…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन् । ‘संक्रमितहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा हेलचेक्र्याई गर्नु हुन्न । जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मानिस रहे सबै रहन्छ’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘आर्थिक गतिवधि भन्दा मानिसको जीवन महत्त्वपूर्ण हो ।’ कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो । लकडाउन खुकुलो पारिएसँगै…
काठमाडौँ: नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।
काठमाडौँ: काठमाडौंमा जनप्रतिनिधिलगायत ७ हजार बढी व्यक्तिको कोरोनाभाइरसको पिसिआर परीक्षण गरिने भएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक हप्ताभित्र राहत वितरणमा सहभागी जनप्रतिनिधि, सरसफाइ कर्मचारी र स्वास्थ्यकर्मी सबैको पिसिआर परीक्षण गर्न लागिएको जानकारी दिए। यस्तै, नगर सुरक्षाकर्मी र जोखिमयुक्त ठाउँबाट आएकाहरूको पनि परीक्षण गरिने छ। ‘लुकिछिपी रूपमा भारतलगायत उच्च जोखिमयुक्त ठाउँबाट उपत्यका आएका सबैको परीक्षण गर्छौं,’ महानिर्देशक श्रेष्ठले भने। उनले एकहप्ताभित्र कम्तीमा ७ हजारको पिसिआर परीक्षण गरिने भन्दै परीक्षण दायरालाई अझ ठूलो बनाउँदै लैजाने तयारी रहेको जनाए। अहिलेसम्म काठमाडौंमा २ हजार जनाको पिसिआर र ५ हजार जनाको र्यापिड टेस्ट गरिएको छ। सरकारले काठमाडौंमा लकडाउन केही खुकुलो बनाए पनि…
