Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य सोमबार बिहानबाट लागू भएको निगमले जनाएको छ। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा…
काठमाडौँ: सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन्। यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ। कार्यकाल सकिनु केहीअघि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्। राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन्…
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) बितिसक्दा पनि सरकारले पुँजीगत (विकास) खर्चको गति भने बढाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आठ महिनाको अन्त्यसम्म वार्षिक विनियोजनको १९.२४ प्रतिशत मात्र विकास खर्च भएको छ । हरेक वर्ष आर्थिक वर्ष सकिन १-२ महिना बाँकी हुँदा मात्र बढ्ने पुँजीगत खर्च यो वर्ष पहिलेकै जस्तो हुने सम्भावना देखिएको छ । यो वर्ष सरकारले जम्मा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । आठ महिनाको अन्त्यसम्म जम्मा ७८ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्रै विकास खर्च भएको देखिएको छ । तथ्यांक अनुसार…
काठमाडौँ: सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो । आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए । रासस यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले…
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ। ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।
काठमाडौँ: निर्वाचन आयोगले थ्रेस होल्ड कटाउन दलहरूलाई ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरी आयोगले सो आग्रह गरेको हो। आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो। आयोगका अनुसार, समानुपातिकमा एक…
काठमाडौँ: नेपाल आयल निगमले पछिल्लो समय एलपीजी ग्यासको अभाव टार्न तत्काल आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको निगमको सञ्चालक समिति बैठकले तत्कालका लागि घरायसी प्रयोजनका लागि आधा सिलिन्डर अर्थात ७.१ किलो ग्यासमात्र बिक्री गर्ने निर्णय गरेको हो । निगमका अनुसार, आधा सिलिन्डर ग्यास बिक्रीको निर्णय ग्यास बिक्रेताहरुलाई पठाउने तयारी गरिएको छ । निगमले ग्यास बिक्रेताहरुलाई ग्राहकको नाम र सम्पर्क नम्बर विवरण राखेर ग्यास बिक्री गर्न आग्रह गर्दै आएको छ ।
काठमाडौँ: अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीलगायतको उपस्थिति रहेको थियो । अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गरे । उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र निजी क्षेत्रको मनोबल उठाउनु प्रारम्भिक चुनौती रहेको उल्लेख गर्दै साझा प्रयासबाट अहिले व्यावसायिक वातावरणमा सुधार आएको जानकारी दिए । अर्थ मन्त्रालयका…
काठमाडौँ: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार थापालाई जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् । फागुन २१ गतेको चुनावमा कांग्रेसका सबै पदाधिकारी पराजित भएपछि राजीनामा दिने मनस्थितिमा सभापति थापा पुगेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो’, सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले लखेको छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’ उनले अहिले कांग्रेस बचाउनु एक नैतिक दायित्व भएको भन्दै यो समयमा पार्टीलाई औषधी खुवाउनुपर्नेमा जोड दिँदै छोडेर हिँड्नु नहुने बताए…