Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकीलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको जिकिर गरे । उनले संसदले विश्वासको मत दिएन भने मात्रै संसद विघटन गर्न सकिने भन्दै त्यसका लागि १४८ दिनसम्म प्रक्रियमा जान समय लाग्ने तर्क गरे । यस्तै आचार्यले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने तर्क गरे । गत १० पुस…

Read More

काठमाडौं: उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् । यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले अनलाइनखबरसँग बताए । को हुन् दुगड ? विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् । उनका बुवा हरि सिंहले तेल उद्योग स्थापना गरेका थिए । पछि…

Read More

काठमाडौं: माघ महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् भने सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ । दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

Read More

काठमाडौँ: पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ । नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले पनि आन्तरिक गृहकार्य थालेको छ । सोही क्रममा पुराना फाइल संकलन गरी अध्ययन सुरु भएको स्रोतले बताएको छ । ‘सेयर बजार लगातार उकालो लागेपछि नयाँ एक्सचेन्ज कम्पनीको कुरा फेरि उठेको हो,’ स्रोतले भन्यो, ‘यसपालि धितोपत्र बोर्डभन्दा पनि बजारमा यसको चर्चा बढी छ ।’ स्रोतका अनुसार अहिले मन्त्रालय (सरकार) स्तरबाटै कुरा मिलाएर एक्सचेन्ज कम्पनीका लागि धितोपत्र बोर्डलाई दबाब दिने सम्भावना छ । कुनै पूर्वतयारीबिना एक्कासि…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा प्रतिगनका लागि सबैतिर ‘सेटिङ’ भइरहेको बताएका छन्। यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने उनको भनाइ छ। ‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ. हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’

Read More

काठमाडौँ: महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ। पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो। गत पुस २७ गतेयता तराईका जिल्लामा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन्। ‘बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्’, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले भने, ‘अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, पmूल र कोसा पनि कक्रक्क परेका…

Read More

काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३१९ जना कर्मचारी दिए । तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब…

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिएका छन्। तीनदिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन्। ‘भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई प्राथमिकतामा राखेको छ’, त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘अति आवश्यक खोप तत्काल उपलब्ध गराउन तयार छ।’ मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने समहमति भएको बताए।त्यस्तै हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए। मन्त्री ज्ञवाली…

Read More

काठमाडौँ: प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्। उनले भने,‘मैले यसपटक मात्रै होइन, शायद कहिल्यै भेटेको छैन।’ उनले झूट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे। उनले भेटघाटबारे समाचार छाप्ने सञ्चार माध्यमलाई ‘झूट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिए। उनले भने, ‘न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’ उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने काम भएको बताए। उनले भने, ‘एउटा पत्रिका जो झूट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ।…

Read More