Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ। उक्त स्थानमा पटक–पटक पहिरो खस्ने गरेको छ । पहिरोले हिजो (आइतबार) पनि झण्डै १८ घण्टा बन्द भएको यो सडक साँझ मात्र…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन खुकुलो मौद्रिक नीति ल्याउन माग गरेको छ । सीएनआईका नवनिर्वाचित पदाधिकारी र राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीबीच भएको छलफलमा अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने मौद्रिक नीति ल्याउन सीएनआई आग्रह गरेको हो । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको गभर्नर अधिकारीसँगको भेटमा बताएका हुन् । अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना…

Read More

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५३.७० अंकले घटेर दुई हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको हो । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ८ करोड १९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१३ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९८…

Read More

काठमाडौँ: प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको सो विधेयक सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदहरुले त्यसको समर्थन गरेका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते दिनको ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Read More

काठमाडौँ: ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ। सार्वजनिक जग्गा संरक्षण गर्नका लागि भन्दै नगरपालिकाले घेराबार लगाउन लागेको हो। महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित नगरपालिकाको टोली आइतबार दिउँसो बालुवाटार निस्केकाे छ। ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि ६ जनालाई पक्राउ गरेको थियो।

Read More

काठमाडौँ: सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको बताएका छन् । आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमी कमजोरीबाट सिकेर नेकपा ब्युँताउनु पर्नेमा जोड दिए । उनले भने, ‘कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ प्रधानमन्त्री दाहालले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कनु पर्ने बताए। उनले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। उनले के कारणले कम्युनिष्ट विभाजित भए भन्ने बारेमा पनि गम्भीर समीक्षा गरेर अगाडि…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकमा आज पनि आवागमन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी रूपमै अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युत्को तार समेत रहेकाले तारहरू हटाए पछि मात्रै पहिरो पन्छाउने काम हुने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउने उपकरण तयारी अवस्था राखिएको उनको भनाइ छ । सोही स्थानमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा सडक आवागमन अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक…

Read More

काठमाडौँ: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दफावार छलफलका लागि प्रस्तुत गरिने छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ: देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला (आइतबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले मधेश प्रदेशका केही स्थान र देशका बाँकी प्रदेशका एक/दुई ठाउँमा वर्षा भइरहेको हो। ‘अहिले काठमाडौं र आसपासका एक/दुई स्थानमा पनि वर्षा भइरहेको छ’, उनले भनिन्। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको…

Read More