Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन्। सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए । उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए। चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए। संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका…

Read More

काठमाडौँ: एशियाली विकास बैंक (एडिबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न रु १३ अर्बभन्दा बढी ऋण स्वीकृत गरेको छ । बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको हो । बितेका १८ वर्षमा एडिबीले ७० वटा साना शहरमा समुदायद्वारा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइ आयोजना सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । उक्त ऋणस्वरुप सञ्चालन हुने नयाँ परियोजनाअन्तर्गत देशका २० वटा शहरी क्षेत्रमा एक हजार ६०० मिटर पाइपलाइन बिछ्याउने, १५ वटा जल प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्नाका साथै आठ हजार सार्वजनिक शौचालय…

Read More

काठमाडौँ : राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उनले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ…

Read More

काठमाडौँ :काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८…

Read More

काठमाडौँ: विहिबार मात्रै प्राविधिक कारण देखाएर असोज १५ गतेबाट मात्रै सुपथ मूल्य पसल संचालन गर्ने बताएको सरकारले एका एक पुनः एक सूचना जारी गर्दै पुरानै मितिअर्थात असोज १२ गते नै पसल संचालन गर्ने जनाएको छ। पहिलोक्लिकलाई नेपाल खाद्य संस्थानका प्रबक्ता शंकर सापकोटाले भने, “आन्तरिक प्राविधिकका कारण हामीले असोज १५ गते गर्ने निर्णय गरेको थियौं तर अव फेरी असोज १२ गते नै गर्छौं तर समय तालिका अहिले ढिलो गरी गर्छौं।” पसल उद्दघाटन बेलुका ३ देखि ४ बजेबाट गर्छौं, उनले भने। http://सर्यो सुपथ मूल्य पसल संचालनको मिति, असोज १२ होइन १५ गतेबाट मात्रै खुल्ने

Read More

काठमाडौँ: सेयर बजार घट्ने क्रम साताको अन्तिम कारोबारको दिन बिहिबार पनि जारी रह्यो । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ५६ अंकले घटेर एक हजार २६७ दशमलब १८ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार २२ दशमलब ३७ अंकले बढेको नेप्से परिसूचक बुधबार दुई दशमलब ३१ अंकले घटेको थियो नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा होटल र उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य सबै परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ६७ दशमलब ०२ अंक र जीवन बीमा समूहको परिसूच २९ दशमलब ०७ अंकले घटेको छ भने बाणिज्य बैंक १२ दशमलब ५७ अंक, विकास बैंक ३…

Read More

काठमाडौं: सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् । अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै…

Read More

नवलपरासी : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले २६ करोड रुपैयाँ, इन्दिरा…

Read More

काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल संचालन गरेवापतको ९ करोड रुपैयाँ बक्यौता सरकारबाट उठाउन सकेको छैन। संस्थानको बारम्बारको ताकेता र पत्रसहित अनुरोध हुँदा समेत सरकारले खाद्यको बक्यौता रकम अझै निकाशा नगरेको संस्थानले जनाएको छ। यस्तो बक्यौता रकम २०६७/६८ सालदेखि आर्थिक वर्ष २०७३/७४ सम्म उठ्न सकेको छैन। सरकारको मातहतमा संस्थानहरुले सुपथ मूल्य पसल गर्दा उपभोक्तालाई छुट दिइएको रकम सरकारले सम्बन्धित निकायलाई भरपाई गर्नुपर्छ। सुपथ मूल्य पसल संचालनको सम्पूर्ण व्यस्थापनको तयारी र बजेटको व्यवस्था भने पहिले नै सम्बन्धित संस्थानहरुले गर्ने र पछि यसको भरपाई माग हुने गर्दछ। “सुपथ मूल्य पसल संचालन गर्दा दिइएको छुट कुनै वर्ष त दुई तीन करोड समेत…

Read More