Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो ग्रुप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ । आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले भुझाएका हुन् । प्रतिवेदन बुझेपछि काठमाडौँका प्रमुख शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा हुने बताए । प्रमुख शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौँमा मोनोरेल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए । गत जेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चाइनाको सिआरसीसी कम्पनीले…
चरिकोट: माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता शयेर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको तथ्याङ्क अनुसार तीन गुणा बढी आवेदन परेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । आयोजनाले गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म शेयर आवेदन खुल्ला गरेकोमा सो समय अपुग भएको भन्दै आयोजनाले एक साताका लागि अर्थात् गत साउन २१ गते सम्म समय थप गरिएको थियो । स्थानीयवासीका लागि रु एक अर्ब ५ करोड ९० लाख बराबरको…
काठमाडौँ: प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले जाइकाको प्राविधिक सहयोगमा गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । विभागले जाइकाको प्राविधिक सहयोग अन्र्तगत “आर्थिक गणना २०७५ को कार्यँन्वयनको निम्ति क्षमता अभिविृद्घि परियोजना” अनुसार नेपालमा पहिलो…
काठमाडौँ : नेपाल सरकार, रोजगारदाता र राष्ट्रिय ट्रेड यूनियनहरूको लामो छलफल पश्चात सहमती भई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७५ साउन १ गते देखि लागू हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । नया“ निर्धारित न्यूनतम पारिश्रमिकको दर चिया बगान बाहेकका श्रमिकहरूका लागि तलव ८ हजार ४५५ रुपैयाँ र महंगी भत्ता ४ हजार ९९५ गरी जम्मा १३ हजार ४५० रुपैयाँ र चिया बगानमा काम गर्ने श्रमिकका लागि तलव ६ हजार ४६९ रुपैयाँ र महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ गरी जम्मा १० हजार ७८१…
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् । शिष्टाचार भेटवार्ताका लागि आज अर्थमन्त्रालय पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन् । आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए । अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए । सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली–…
गौशाला: महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
काठमाडौँ: अनुगमनका क्रममा दुई मासु पसलमा सिलबन्दी गरिनाका साथै अखाद्य केही नष्ट गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा नसिन मासु पसल कङ्लकी र मैत्रीनगर फ्रेस हाउस मैत्रीनगर, कीर्तिपुरले यसअघि अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको र व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको, कुखुरा र खसी काट्ने स्थान एउटै भएको तथा अत्यन्त फोहर रहेकाले सिलबन्दी गरिएको छ । अनुगमन अधिकृत खगेन्द्रराज जोशीको संयोजकत्वमा भएको अनुगमनका क्रममा न्यू श्रेष्ठ मिट सेन्टर, कीर्तिपुरबाट खान नमिल्ने रु पाँच हजार बराबरको मासु नष्ट गरिएको छ । हाइजेनिक मिट मार्ट, मैत्रीनगर मिट सेन्टर, कीर्तिपुर र शमशेर आलम…
काठमाडौँ: निर्मला पन्तको बलात्कारपछि हत्या अनुशन्धान गर्न भन्दै नेपाल प्रहरी केन्द्रिय कार्यालय तानिएका तत्तकालिन कन्चनपुर जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए परीक्षणका लागि प्रहरीले आफ्नो ल्याबमा पठाएको छ । नेपाल प्रहरीका केन्द्रिय प्रबक्ता सैलेश थापा थापा क्षेत्रीका अनुसार प्रहरी मुख्यालयले बिष्ट र उनका छोरा करण र कन्चनपुरका मेयर सुरेन्द्र बिष्टका भतिजो आयुषको पनि डिएनए परीक्षण गर्नका लागि रगतको नमुना लिएको छ। उनीहरुको ल्याब टेस्ट नेपाल प्रहरीको फोरेन्सिक ल्याबमै त्रिवी शिक्षण अस्पतालका डा हरिहर वस्तीसहितको नेपाल प्रहरीको प्राविधिक टोलिले संयुक्त रुपमा गरिरहेको पनि क्षेत्रीले जानकारी दिए । रिपोर्ट आउन केहि दिन लाग्ने, दोषी देखिएका जो कोहि कानूनी कारवाहीका लागि…
काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तका आमा, बुबा र महिलाअधिकारकर्मीले राजधानीबाट सरकारले आफुहरुलाई न्याय नदिलाएसम्म नफर्किने बताएका छन्। हामीलाई जवसम्म न्याय दिलाइदैन तवसम्म हामी अव यो राजधानीबाट बाहिरिने छैनौं बरु हामी गोलि खान पनि तयार छौं, सरकारले पीडितको न्यायको चित्कार सुन्नुपर्ने, अधिकाकर्मी रीना भण्डारीले राजधानीमा आयोजित कार्यक्रममा भनिन्। कार्यक्रममा बोल्दै निर्मलकी बुबा यज्ञराज पन्तले भने- ‘मेरो छोरी मार्ने र बलात्कार गर्ने अपराधी सरकारसंगै छ, यसमा राज्यको प्रहरी प्रशासन लागेको छ।’ “म मेरो छोरी खोज्न जाँदा पटक पटक रोशनी र बबिता बम दिदीबहिनीको घर पुग्दा मैले त्यहाँ पटक पटक दुई जना प्रहरी कर्मचारी देखेको छु, उनीहरु बम दिदीबहिनीको घरमा…
काठमाडौँ: साताको अन्तिम दिन बिहिबार पनि पूँजी बजारमा उत्शाहजनक सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १४ दशमलब १३ अंकले बढेर एक हजार २४४ दशमलब ८४ अंकमा पुगेको बजार बन्द भएको छ । मंगलबार नेप्से ६ दशमलब ७७ अंकले र बुधबार १३ दशमलब ०६ अंकले बढेको थियो । निर्जीवन, जीबन र लघुवित्त समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्सेले दोहोरो अंकको वृद्धि कायम राखेको हो ।नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब १९ अंक र अन्य समूहको परिसूचक २२ दशमलब २९ अंकले छ बढेको…