Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा.ली बीच विरेठाटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा संचालनको लागि समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महा प्रसाद अधिकारी र कम्पनी अध्यक्ष अरुण कुमार सुबेदीले हस्ताक्षर गरेका छन् । उक्त कम्पनीले विकास गर्ने मुक्तिनाथ केवलकार प्रणालीमा करिब ८३.६५ किलोमिटर लामो केवलकार लाइन निर्माण हुने छ । उक्त लाइनमा ६ वटा स्टेशनहरु रहने छन् भने त़ी स्टेशनलाई विरेठाटीदेखि घोरेपानी र घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित गरिएको कम्पनिले जनाएको छ । उक्त केवलकारको लागत ३५ करोड अमेरिकन डलर…
काठमाडौं: टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएसका एसिया क्षेत्रीय ब्यापार प्रमुख एस अरुण कुमारले भने, ‘टिभिएसले आफ्ना उत्पादनहरु…
काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइलन खेलमा माल्दिभ्ससँग नेपाल ३-० ले पराजित भएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट अग्रता लिएको माल्दिभ्सले नेपाल बिरुद्ध तीन गोल गरेको थियो । माल्दिभ्सले ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेका थिए । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो । वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो…
काठमाडौं: नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ती परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका उर्जामन्त्री पुनसंग शान्ती प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको हो । हबिबा अफगानस्तानकी पूर्वमन्त्री समेत हुन् । उर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागी एउटा नयां मोडल भएको बताए । उनले नेपालले शान्ती प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको दाबी गरे । अफगानीस्तानको उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसंगको भेटमा मन्त्री पुनले भने ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामिले शान्ति…
काठमाडौँ: पूँजी बजारमा आज दोहोरो अंकको सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०६ अंकले बढेर एक हजार २३० दशमलब ७१ अंकमा पुगेको छ । मंगलबार नेप्से ६ दशमलब ७७ अंकले बढेको थियो । होटल, बित्त र उत्पादन मूलक समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्से दोहोरो अंकले बढेको हो । नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ११३ दशमलब ५२ अंकले छ बढेको छ। त्यसैगरी, लघुवित्त १५ दशमलब ८८ अंक, विकास बैंक १४ दशमलब ८४ अंक, बाणिज्य बैंक १३ दशमलब ९८ अंक र जलबिधुत ४…
काठमाडौँ : काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो । हाल उपत्यकामा १३२÷६६ र ६६÷११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको…
काठमाडौं: कन्चनपुर घटनाको अनुसन्धान गर्न गठित समितिबाट एकाएक राजिनामा दिएका गृहका उपसचिव तथा समिति सदस्य बिरेन्द्र बहादुर केसी पुनः समितिमा फर्किएका छन् । गृहमन्त्री राम बहादुर थापा बादल र प्रहरी प्रमुख सर्बेन्द्र खनालसंग गृहमन्त्रालयमा केसीको हिजो भएको बैठक र अनुसन्धानबारेको बिस्तृत छलफलपछि केसी पुनः समितिमा बस्न तयार भएको उनले आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । “गृहमन्त्रीज्यूसंग मेरो छलफलका क्रममा निर्मला पन्त हत्यामा संलग्न अपराधीहरुलाई कसै गरी नछोड्ने र मलाई चाहिएको सुरक्षा सरकारले दिने र प्रत्याभूति गर्ने भनेपछि म पुनः समितिमा फर्किएको हुन्,” केसीले भने । यसमा कसैको दवाब छैन यो मेरो स्वतन्त्र निर्णय हो अनसन्धान समितिमा बसेर काम गर्ने…
काठमाडौँ: रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा र संञ्चिति कोषबाट शेयरधनीलाइ ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनको लागि छुट्टै ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। रिडीले लाभांश प्रस्ताव लगायतका एजेन्डा पारित गर्न असोज २० गते साधारण सभा पनि बोलाएको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश वार्षिक साभारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न १०० पर्तिशत हकप्रद सेयर जारी गर्ने पनि बताएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ। रिडीले गत…
चितवन :नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो । ती ठाउँको पहिरो मङ्गलबार नै सफा गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो । खनालका अनुसार चार किलोमा एक सय…
दमौली :तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिद्धथान सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन प्रेरणा दिँदै वनका उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गरेको छ । एक वर्षमा प्रत्येक घरधुरीले बाल्ने दाउराको लागतभन्दा ग्यास नै सस्तो पर्न जाने भएकाले सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दयमन्ती थापाले बताए । सोहीबमोजिम सामुदायिक वनले आफ्ना १४० धरधुरीलाई ग्यास चुलो वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए । उनले वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई एक÷एकवटा ग्यास चुलो वितरण गरिएको बताए । सामुदायिक वनका उपभोक्ताले वार्षिक १५ देखि ३० भारी दाउरा खपत गर्ने गर्छन् । ‘‘खाना पकाउन बर्सेनि वनमा ठूलो सङ्ख्यामा रुख काट्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘‘यसरी…