Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ । चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त विषयलाई प्रचलित कानूनमा आवश्यकता अनुसार संशोधन गर्ने मन्त्रालयका प्रवक्ता रमेश ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “आफ्नो पेशागत कार्य सम्पादन र कर्तव्य पालन गर्दा चिकित्सकको मर्यादामा आँच आउन नदिन आवश्यक व्यवस्था मिलाउन सरकार सजग रहेकोछ ।” ऐनमा उपचारका क्रममा बिरामीको ज्यान गएपछि चिकित्सकलाई समेत कैद गर्ने व्यवस्था गरिएको छ…

Read More

हेटौँडा :प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले हालै आएको बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई प्रदेश सरकारले निर्देशन दिइसकेको जानकारी दिए । गत साउन २९ गते प्रदेशसभाको बैठकको विशेष समयमा सदस्यले उठाएको प्रश्नको जवाफमा उनले प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका ११९ स्थानीय तहले जबर्जस्ती कर आफैँले निर्धारण गरी सर्वसाधारण नागरिकलाई दुःख दिएको भनी जनगुनासो बढ्दै गएकाले यससम्बन्धमा तत्कालै…

Read More

काठमाडौँ : सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक छ हजार ४६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार ३१२ रुपैयाँ गरी मासिक १० हजार ७८१ रुपैयाँ पारिश्रमिक तोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै दैनिकरुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक २३१ र महङ्गी भत्ता १५४ गरी ३८५ रुपैयाँ पारिश्रमिक तोकिएको छ भने प्रतिघण्टा आधारभूत पारिश्रमिक ३१ रुपैयाँ र महङ्गी भत्ता २० गरी ५१ रुपैयाँ पारिश्रमिक तोकिएको मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए । यसैगरी चिया…

Read More

काठमाडौँ : वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । “यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ”, दाहालले भने । उनले एक महिनाभित्रै अनलाइन प्रणाली शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ भन्दै कसरी जाने भन्ने कुरा टुङ्गो लागि नसकेकाले अनलाइन सञ्चालनमा ढिलाइ भइरहेको बताए । यो प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाइनमा स्वतःरहनेछ ।…

Read More

काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् । पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिनेटमा क्रिटिना देवीले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । जितसँगै भारत फाइलन प्रवेश गरेको छ । भारतले फाइललमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । अब…

Read More

जाकार्ता: मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् । यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको ती अधिकारीले जानकारी दिनु भएको छ । उक्त भूकम्पबाट भएको क्षतिको अझै पूर्ण…

Read More

महेन्द्रनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो । धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उनीहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जानु हुने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए । प्रधानमन्त्री ओलीले यसअघि…

Read More

काठमाडौँ: विगतकेही दिनदेख उपत्याकाको आठवटा सहकारीमा चोरीको घटनामा संलग्न चार जना चोरहरुलाई प्रहरीले विहिबार राजधानीबाट पक्राउ गरेको छ । घटना विबरण:- विगतकेही समय देखिकाठमाण्डौ उपत्यकामा रहेका बिभिन्न सहकारी संस्थाहरुमा चोरीका घटनाहरुमा बृद्दी हुदै गईरहेकोमा त्यस्ता चोरीका घटनाहरुको अनुसन्धान गर्ने क्रमामा सहकारी चोरी कार्यमा संलग्न रहेका बिभिन्न मानिसहरुको खोजि गर्ने क्रममा मिति २०७५।०४।२२ गते जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कलङ्की चोक नजिक धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाको ढोका फोडी कार्यलय भित्र रहेको सेफ तथा नगद समेतका बिभिन्न धनमाल चोरी गरि लगेकाघटनामा संलग्न रहेका निम्न व्यक्तिहरुलाई यस महाशाखाबाट खटीगएको प्रहरी टोलीले…

Read More

काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ। बुधबार भएको एक सम्झौता अनुसार, नारायणी अटो बिजनेश लिमिटेडबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन्। जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ। ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन्। प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास…

Read More

काठमाडौँ: १८ औं एसियाडमा सहभागी हुन् आज जम्बो नेपाली टोलि इण्डोनेसिया प्रस्थान गर्दैछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टको अगुवाईमा नेपाल ओलम्पिक कमिटीका अध्क्षय जीवन राम श्रेष्ठ, खेलाडी, अफिसियल र पत्रकारहरुको जम्बो टोली आज साझा ०९:४५ बजे मालिण्डो एर बाट इन्डोनेसिया तर्फ प्रस्थान गर्दै छन्। शनिवार हुने एसियाडको उद्घाटन समाहरो भने नेपाली समय अनुसार साँझा ०५:४५ मा इण्डोनेसियाको राजधानी जाकार्तामा शुरु हुने छ। करिब ३ घण्टा सम्म चल्ने समाहारोको मार्च पासमा भने नेपालको झण्डा बोकेर अग्रपन्थिमा पुर्व साउथ एसियन गमेसका स्वर्ण पदक धारी कमल बहादुर अधिकारी देखिने छन्। एसियाडमा नेपालीको प्रतिनिधि गर्दै झन्डै तीन सय पुग्दै छन् इण्डोनेसिया।…

Read More