काठमाडौँ: विगतकेही दिनदेख उपत्याकाको आठवटा सहकारीमा चोरीको घटनामा संलग्न चार जना चोरहरुलाई प्रहरीले विहिबार राजधानीबाट पक्राउ गरेको छ ।
घटना विबरण:-
विगतकेही समय देखिकाठमाण्डौ उपत्यकामा रहेका बिभिन्न सहकारी संस्थाहरुमा चोरीका घटनाहरुमा बृद्दी हुदै गईरहेकोमा त्यस्ता चोरीका घटनाहरुको अनुसन्धान गर्ने क्रमामा सहकारी चोरी कार्यमा संलग्न रहेका बिभिन्न मानिसहरुको खोजि गर्ने क्रममा मिति २०७५।०४।२२ गते जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कलङ्की चोक नजिक धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाको ढोका फोडी कार्यलय भित्र रहेको सेफ तथा नगद समेतका बिभिन्न धनमाल चोरी गरि लगेकाघटनामा संलग्न रहेका निम्न व्यक्तिहरुलाई यस महाशाखाबाट खटीगएको प्रहरी टोलीले मिति २०७५/०४/३१ गते चोरी गरेका सेफ, TV, Laptop, पानी तान्ने पम्प, चोरी गर्न प्रयोग गर्ने Taxi तथा बिभिन्न धनमाल सहित पक्राउ गरि आवश्यक कारबाहीको लागी महानगरिय प्रहरी परिसर काठमाडौं पठाईएको ।
प्रतिवादी:–
१. नाम:- सुरेश भन्ने डण्ड बहादुर परियार
उमेर :- ३५ वर्ष
ठेगाना:- जिल्ला धादिङज्वालामुखी गा.पा. वडा नं. ७ चैनपुर घर भई हाल का.जि. बौद्ध
२. नाम:- कृष्ण थापा
उमेर :- २४ बर्ष
ठेगाना :- जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ घर भई हाल का.जि. स्यूचाटार
३. नाम:- रामकाजी सुनुवार
उमेर :- ३२ बर्ष
ठेगाना :- जिल्ला सिन्धुली तिनपाटन गा.पा. वडा नं. ७ घर भई का.जि. कपन
४. नाम:- अवधेश शाह
उमेर :- २४ बर्ष
ठेगाना :- भारत देश मोतिहारी खरुवा ७ घर भई हाल का.जि. सानोभर्याङ
