Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ: नविल बैंकले एसियन नेट कम्पनी जापानसंग विप्रेषणको कारोबारका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्यका माध्यमबाट जापानमा रहेका नेपालीले नविलमा रहेको आफ्नो खातामा वा नेपालभरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरुको खातामा नविल बैंकमार्फत रकम पठाउन सक्ने जारी बिज्ञप्तिमा उल्लेख छ । यो व्यवस्थाबाट नविलले जापानबाट आफ्नो ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो रकम पठाउने काम गर्ने जनाएको छ । जापानमा आयोजित समारोहमा नबिल बैंकका चिफ विजनेस अफिसर अनिल कुमार खाँल र एसियन नेटका अध्यक्ष हिगासिदा सुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Read More

काठमाडौँ: मेगा बैंकले प्युठानको ऐरावती गाउँपालिकास्थित बरौलामा शाखा संचालनमा ल्याएको छ । योसहित बैंकको शाखा संख्या एक सय नाघेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । बैङ्किङ सुविधा नपुगेको ग्रामिण भेगमा सेवा पुर्याउने उदेश्यले शाखा विस्तारलाई तिब्रता दिएको मेगाले जनाएको छ ।

Read More

काठमाडौँ: सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ । चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ । विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।

Read More

काठमाडौँ: विदेशी मुद्रा र सुनमा गरिएको लगानीबाट गत आर्थिक वर्षको बैशाखसम्म केन्द्रीय बैंकले २२ अर्व ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिव साँढे १९ प्रतिशतले बढी हो । यो समाचार आजको कान्तिपुर दैनिकमा यज्ञ बन्जाडेले लेखेका हुन् रेमिट्यान्स, वस्तु तथा सेवा निर्यात, पर्यटन लगायत माध्यमबाट मुलुकमा विदेशीइ मुद्रा प्राप्त हुन्छ । यसरी प्राप्त विदेशी मुद्रा राष्ट्र बैंकमा रहन्छ। त्यो मुद्रामध्ये केही राष्ट्र बैंकले विभिन्न राष्ट्रका ट्रेजरी बिल्सलगायतका उपकरणमा लगानी गरी ब्याज प्राप्त गर्छ । यही लगानीबाट गत वर्ष करिव पौने२३ अर्व रुपैयाँ राष्ट्र बैंकलाई प्राप्त भएको हो । प्राप्त कुल आम्दानी केन्द्रीय बैंकले खर्च र…

Read More

काठमाडौँ: सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो । सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो । सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असूली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि…

Read More

रत्ननगर, चितवन: चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आज खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन् । किसानलाई दिँदै आएको दूधको मूल्यमा तीन रुपैयाँ घटाइएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीले बताए । खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिले आज सांकेतिक रुपमा भन्दै दूध सडकमा पोखेर विरोध गरेका हुन् । यसअघि शुक्रबार उनीहरुले राप्ती नगरपालिकामा पनि यसैगरी सडकमा दूध पोखेर विरोध गरेका थिए । सोमबार रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन…

Read More

काठमाडौँ: नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आज सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो । मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ ।

Read More

काठमाडौँ: सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक संस्थाले विकास गरेको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानूनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए । मोबाइल एप्समा भूमि चाँजसम्बन्धी जानकारी समेटिएको छ । यस्तै मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्थासमेत रहेको छ । सामान्य नागरिकले जग्गासम्बन्धी भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको छ । जग्गाबारे सर्वसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर…

Read More

काठमाडौँ: सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन । प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए । “हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन”, सचिव बरालले भने, “वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।” यही असार १६ गतेदेखि जुम्लाको…

Read More