Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । ७३ किलोमिटर लामो हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा ल्याइएको हो । एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ । हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ । साथै समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति २१ दशमलव आठ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । गत असारमा यस्तो सञ्चिति…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए । प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उहाँले आग्रह गरे । प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका…

Read More

काठमाडौं: नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता बढेको बताए । ‘पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं, मन्त्रीज्यूसँग कुरा भएको छ । सायद छिट्टै हुन्छ होला,’ पौडेलले भने । नेपालले लिग २ सिरिज जित्ने खेलाडीलाई जनही २ लाख तथा एसीसी प्रिमियर कप उपाधि जितेका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर त्यो पुरस्कार रकम नपाएको खेलाडीको गुनासो छ । सबै खेलाडी आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार…

Read More

काठमाडौं: भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो । अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् । यस्तो छ बालेनसँग भाष्कर दैनिकको संवाद : के कारणले हिन्दी फिल्मलाई प्रतिबन्ध लगाउनुपर्‍यो ? तपाईं मेयर हुनुहुन्छ, तपाईंसँग…

Read More

काठमाडौँ : विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् ०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिमा कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि नेकपा एमालेले सदन चल्न दिने भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार गर्दै सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुख व्यक्त गर्ने सहमति भएकाले सदनमा अवरोध नगर्ने ओलीले दलको बैठकमा ब्रिफिङ गरेका छन् । ‘तीन नेताबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आफ्नो वक्तव्य असावधानी पूर्व आएको त्यो कमजोरी भयो भनेर आत्मालोचना गर्ने र सचिवालयले निकालेको वक्ततव्यप्रति पनि दुःख व्यक्त गर्ने र एमालेले सदनको अवरोध हटाउने गरी छलफल भएको अध्यक्षले ब्रिफिङ गर्नुभयो’, एमाले सचिव योगश भट्टराईले भने ।

Read More

काठमाडौँ: नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकेलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा बसिरहेको छ । बैठकमा ओलीले तीन दलका शीर्ष नेताबीच भएको छलफलबारे व्रिफिङ गर्नेछन् । सिंहदरवारमा तीन दलका शीर्ष नेताबीच भएको छलफलमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बोल्न दिने सहमति गरेका छन् । यसअघि एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्दै आएको थियो । उसले प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो ।

Read More

काठमाडौँ: हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेका अनुसार आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको छ । कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्यअघि बढाउन निर्देशन दिएका छन् । सोमबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् । हिउँदे अधिवेशनदेखि नयाँ संसद् भवनबाटै संसदीय गतिविधि अघि बढाउने भन्दै उनले सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताए । उनले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा…

Read More