Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरुलाई सम्बोधन गर्ने सहमति भएको छ। लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् । सखुवासभा जिल्लाको खाँदबारीमा मंगलबार सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो। त्यसैगरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने र तिनको प्रभावकारिताका सम्बन्धमा परियोजना समन्वय समितिले अनुगमन गर्ने निर्णय भएको छ। बैठकमा सम्बद्ध स्थानीय तहसँग समेत समन्वयमा आयोजना…

Read More

काठमाडौं: १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको शेयर निश्कासन गर्ने, ऊर्जा वण्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट…

Read More

काठमाडौं: बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिनेछ । शहरी विकास मन्त्रालयअन्र्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण—बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सिसिटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने छ । वत्ति र सिसिटिभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सिसिटिभीमार्फत निगरानी गरिनेछ । १२० थान…

Read More

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा/प्रतिनिधिसँगको अन्तर्क्रिया गरेकी छन्। अन्तर्क्रियाका क्रममा कार्की देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा प्रत्यक्ष भेटघाट गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन्। अन्तर्क्रियामा नागरिक समाजका अगुवाहरू इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जे.बी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मालिक, विजय तिमिल्सिना लगायत छन्। ‘मलाई थाहा छ, जब राजनीतिक दलहरूबीच अविश्वास बढ्छ, तब निष्पक्ष आवाज र समाजलाई जोड्ने सेतुको रूपमा यहाँहरूको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ। यो छलफलमा यहाँहरूले राख्नुभएका समाधानमुखी धारणाहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ उनले भनेकी छन्। प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग राखेका ७ कुरा १. संवैधानिक अनिवार्यता…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ। हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट हुँदै आएकोमा अबदेखि भैरहवा जाने भएको हो। ‘मंसिर ३ देखि लागू हुने गरी कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमबाट यही मंसिर १ मा निर्णय भएको छ’ प्रवक्ता अनिल घिमिरेले भने। यसरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ। यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया…

Read More

काठमाडौँ: लगानी बोर्ड तथा नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका बीच काभ्रेपलाञ्चोकको पाँचखालमा पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गर्नुभयो। समझदारी अनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात् विस्तृत अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ। उक्त हस्ताक्षर कार्यक्रममा प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले यस परियोजना सफल बनाउन सक्दो पहल गर्ने उल्लेख गर्नुभयो। विशेष आर्थिक क्षेत्र प्राधिकरणका…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६ सय ७० मेगावाट दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् । एडीबी दक्षिण एसिया विभाग उपमहानिर्देशक सोना श्रेष्ठ, एडीबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वा लगायत टोलीसँग सोमबार भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताए । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ ) छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर र…

Read More

काठमाडौँ: साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेट गुमाएर १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका वेन चार्ल्सवर्थ ४६ रन बनाउँदा जान निकोल लफ्टी-इटोनको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, भीम सार्की तीन रनमा ललित राजवंशीको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट आउट हुन पुगे। आकाश त्रिपाठी ४५ बलमा पाँच चौका सहयोगमा ३९ रन बनाउँदा सञ्जय कृष्णमूर्तीको बलमा बोल्डआउट भए। मिलिन्द कुमार १९ रनमा पेभेलियन फर्के। जोन सिम्पसन…

Read More

काठमाडौं: नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ ।मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण…

Read More

काठमाडौं: सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७÷६८ देखि २०७९÷८०मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । सडक डिभिजन कार्यालय काठमाडौंबाट गत…

Read More