कठमाडौँ: नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । शुक्रबार रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ ।
आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढ्दा चाँदी २९० रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो ।
यस्तै, शुक्रबार रेकर्ड बनाएको चाँदीको मूल्यले आइतबार फेरी रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
