Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन् । ‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ, केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन्’ उनले भने, ‘एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौं, त्यसमाथि अरु निवेदन पनि आइरहेका छन् ।’ गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो । गत आइतबारको पूर्ण…

Read More

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने । यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान…

Read More

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।

Read More

काठमाडौँ: इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रेडक्रसले केही बेरअघि सेनालाई गाजा सहरमा हमासबाट सात बन्धक फिर्ता लिएको जानकारी दिएको बताएको छ। ती सात जनामा माटन आङ्ग्रेस्ट, उनका भाइहरू गाली र जिभ बर्मन, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल छन्। रेडक्रसले बन्धकहरूलाई गाजाभित्र रहेका आईडीएफ सेनाकहाँ पुर्‍याउँछ र त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ। जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारसँग भेट गराइने द टाइम्स अफ इजरायलले जनाएको छ। यसअघि हमासले आज रिहा गरिने २० जीवित बन्धकको सूची सार्वजनिक गरेको थियो। दु:खको कुरा त्यसमा नेपाली विपिन जोशी छैनन्। इजरायलसँग भएको युद्धविराम…

Read More

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले अनलाइनखबरलाई बताए । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’

Read More

काठमाडौं । सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ । हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा श्रीमान्‍को संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न…

Read More

काठमाडौँ:नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको भन्दै सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन)ले जानकारी दिएका छन्। केही दिनअघि सुवेदीले एउटा अन्तर्वार्ताका क्रममा जेनजी आन्दाेलनकाे बेला प्रचण्डको निवास जलाइनुभन्दा दुई दिनपहिले नै उनको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर लुकाइएको अभिव्यक्ति दिएका थिए। सुवेदीकाे यस अभिव्यक्तिले नेतृत्वविरुद्ध पूरै गलत र तथ्यहीन प्रचार गरी भ्रम सिर्जना गरेर चरित्रहत्या गरेकाले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिइएको दाहालको भनाइ छ। ‘सामाजिक सञ्जालबाट पार्टी…

Read More

काठमाडौं: भोटेकोसी पावर कम्पनी र स्थानीय समुदायबीच १० प्रतिशत हिस्सा आयोजना प्रभावित स्थानीयलाई दिने सहमति भएको छ । कम्पनीले यसअघि ६ प्रतिशत दिने बताएको थियो । त्यसमा चार प्रतिशत बढाएर कुल १० प्रतिशत सेयर वितरण गर्ने सहमति गरेको हो । अंकित मूल्य १०० कायम गरी उक्त सेयर स्थानीय जनतालाई निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले भोटेकोसी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५० लाख रकम सामाजिक उत्तरदायित्वको रूपमा जम्मा गर्ने सहमति भएको छ । उक्त रकम आयोजना प्रभावित स्थानीय जनताको हितका लागि खर्च गरिने जनाइएको छ । सहमति पत्रमा उल्लेख छ, “आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको सामाजिक…

Read More

काठमाडौं: शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् । ‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना चलिरहेकै छ। आर्थिक श्रोत भनेको मेरो आत्म कथाको किताब बेचेको पैसा र दाताहरुले दान गरेको पैसा हो। मन्त्री भएर कारखानाको लागि म आफैले…

Read More