Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेका छन् । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमतिउन्मुख रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल भएको छ । साथै, दुई अध्यक्ष राखेर पहिलो वरियतामा राउत र दोस्रोमा श्रेष्ठलाई राख्ने विकल्पमा पनि छलफल भएको छ । पार्टीको संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । चौधरी अहिले पनि नाउपाका संरक्षक हुन् । नाउपाले एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्न प्रस्ताव गरेको र त्यसलाई सकरात्मक रूपमा लिएको जनमतका प्रवक्ता एवं एकताका लागि गठन गरिएको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्तासमेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् । उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’ उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे । तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाको…
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्ने क्रममा उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलिरहेको भन्दै यसलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने बताए । उनले हिजोमात्रै राज्यको एउटा प्रमुख अंगका प्रमुखसँग कुरा गर्दा पनि अवस्था चुनौतीपूर्ण रहेको ब्रिफिङ पाएको जिकिर गरे । ‘परिस्थिति जटिल छ । निकै जटिल छ । अस्ति एयरपोर्टमा राजाको स्वागतका लागि जम्मा भएका मान्छेको ताँती देख्नुभयो । राजावादी र पार्टीहरूको बीचमा ठूलो द्वन्द्व छ,’ महराले भने, ‘मैले केही दिनअघि हिजोमात्रै राज्यको एउटा प्रमुख अंगको प्रमुखसँग…
काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि प्रारम्भिक रूपमा एजेण्डा तय गर्न सात प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम गर्यो । पार्टीको पेसागत तथा बुद्धिजीवी विभागले नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनसँगको सहकार्यमा सात प्रदेशमा गरेको अन्तक्र्रियामा हिन्दु राष्ट्र ल्याउनेदेखि समानुपातिक सांसद, जातीय आयोग र सङ्घीयता हटाउनेसम्मको सुझाव आएको छ । विभागकी प्रमुख एवं पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला (पन्त)ले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको र रातोपाटीले प्राप्त गरेको प्रतिवेदनमा संविधानमा रहेका महत्त्वपूर्ण विषय संशोधनका लागि प्रस्ताव गरिएको छ । विभागले केन्द्रबाटै सात वटै प्रदेशमा संविधानका जानकारहरूलाई कार्यपत्र प्रस्तोताका रूपमा लगेको…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिवार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् । शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ: वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। तर भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको हो। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ। गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए। गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा रहेका उनी पछिल्लो समय गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्ष थिए। पछिल्लो…
एजेन्सी:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ। बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो। यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन्। यद्यपि, यो अवधिमा यीमध्ये कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने…
काठमाडौँ:एएफसी कप एसियन कप छनोटअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ। सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १–० गोलअन्तरले पराजित गरेको हो। नेपालको जितमा जिलेस्पीजंग कार्कीले गरेको गोल नै निर्णायक बन्यो। खेलको १२ औँ मिनेटमा जिलेस्पीले गरेको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि नेपालले ३६ वर्षपछि सिंगापुरविरुद्ध जित हात पारेको हो। यो सँगै सिंगापुरविरुद्ध नेपालका लागि गोल गर्ने जिलेस्पीले पहिलो खेलाडी बनेका छन्। नेपालका खेलाडीले यसअघि सिगांपुरविरुद्ध गोल गर्न सकेको थिएनन्। नेपालले पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटमा सिंगापुरविरुद्ध खेलेको थियो। नेपालले अब एएफसी एसियन कप छनोट अन्तर्गत…
काठमाडौँ: पछिल्लो समयमा विवादित बनेको औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका सम्बन्धमा निजी क्षेत्रका छाता संस्थाहरु एक भएका छन् । उनीहरुले अघोषित रुपमा उद्योगहरुमा गरिएको लोडसेडिङ तत्काल हटाउन नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । नेपाल विद्युत प्राधिकरणले नेपालका उद्योगहरुमा लोडसेडिङ गर्दै विद्युत निर्यात गरेको परिसंघको आरोप छ । प्राधिकरणले दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम गरेको जानकारी दिँदै परिसंघले यथाशीग्र विद्युत नियमित गर्न आग्रह गरेको हो ।यस्तै पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भीर असर पु¥याएको नेपाल उद्योग वाणिज्य महासंघको…
