Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको बताइएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गर्ने ब्यक्ति तथा समूहलाई मुद्धा चलाइने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबिफीन) ले बैंक तथा वित्तीय संस्था विरुद्ध क्रियाकलाप गर्नेलाई मुद्धा चलाउने बताएको हो । ‘कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुरÞ्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज तिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्धा चलाउने तथा…

Read More

काठमाडौँ: अझै कम्तीमा ३ दिन देशभर वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले अझै तीन दिन सबै प्रदेशमा वर्षा जारी रहने सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसमविद् नगरकोटीका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्। ‘आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ’, उनले भनिन्।

Read More

काठमाडौँ, १६ वैशाख (रासस) :भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।

Read More

काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएका छन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे । वर्षाका कारण अहिले खेल रोकिएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

Read More

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

Read More

दाङ, १६ वैशाख (रासस) :सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पार्नुभयो । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताउनुभयो । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो ।…

Read More

ठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण रोकिएको हो ।जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए । यदि आजको खेल अवरुद्ध रहिरहे सुपर २ ओभरमा खेलको निर्णय गरिने क्यानले जनाएको छ ।

Read More

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताएका छन् । “अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको…

Read More

काठमाडौं: कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्याइएको छ । प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याई सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक…

Read More