Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
- मूल्य पारदर्शिता सप्ताहलाई महासंघको ऐक्यवद्धता,अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान
- एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो। अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन्। यसअघि मंगलबार प्रक्रिया नमिलेको भन्दै फिर्ता पठाइदिएको सर्वोच्चले बुधबार दर्ता गरिदिएको भट्टराईले नेपालखबरलाई बताए। पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने…
काठमाडौँ: साताको चौथो करोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से बुधबार १८.७६ अंकले बढ्दा २४४१.८५ अंकमा बन्द भएको छ । जुन अंक हालसम्मकै उच्च हो। यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ। त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ। तिबाहेक अरु समूहहरु घटेका छन्। बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन्। यस दिन नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स,…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् । उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’ भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् । आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका…
काठमाडौँ: अहिलेसम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड शुक्रबार भित्रै गर्ने गरी बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले तयारी थालेको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले सम्भवत आजै प्रि अलोटमेन्ट गर्ने र शुक्रबार बाँटफाँड गर्ने गरी तयारी अघि बढाइएको बताएको छ । धेरै आवेदन परेकाले त्यसलाई मिलाउँन समय लाग्ने भएकाले शुक्रबार निष्काशन गर्ने तयारी भएपनि निश्चित भने भइनसकेको जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा गरेको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता…
काठमाडौँ: टेकु अस्पतालका रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) ‘कोभिसिल्ड’ लगाउंदै अव देशमा कोरोनविरुद्धको नयाँ युग सुरु भएको प्रतिक्रिया दिएका छन्। टेकु अस्पतालमा खोप शुभारम्भ कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले अब कोरोनाविरुद्भको लडाईमा नयाँ युग सुरु भएको बताए । उनले बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु नपर्ने पनि बताए । ‘बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु पर्दैन । खोपको एलर्जी भएका, गर्भवती र स्तनपान गराइरहेका, बालबालिकालगायतले यो खोप नलगाउँदा राम्रो हुन्छ’, उनले भने, ‘तर अन्यले तर्सनुपर्दैन । यो खोप निकै प्रभावकारी भएकाले अब कोरोनाविरुद्भको लडाइँमा नयाँ युग…
काठमाडौं—कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो । भारत सरकारको अनुदान सहयोगमा माघ ८ गते कोभिशिल्डको १० लाख खुराक (डोज) खोप नेपालले प्राप्त गरेको हो । सरकारले अनुुदान सहयोगमा…
काठमाडौँ: व्यापार तथा निकासी प्रवर्धन केन्द्रले नेपाल ट्रेड इन्फर्मेसन पोर्टलको सुरूवात गरेको छ। नेपालको निर्यात व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न ट्रेड इन्फरमेशन पोर्टलको शुरूवात गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले एक कार्यक्रममा पाेर्टलकाे शुभारम्भ गरे। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत उक्त पोर्टल सञ्चालनमा ल्याइएको छ। व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धी सम्पूर्ण सूचना सहज र सरल रूपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले पोर्टलको सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले जानकारी दिए। राणाका अनुसार पोर्टलबाट व्यापार व्यवसाय गर्न…
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ। प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा छ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क बानेश्वर, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ–कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने…
काठमाडौँ: अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्र र भन्सार विभागलाई एक सिक्काका दुई पाटाका रुपमा ब्याख्या गरेका छन्। अर्थमन्त्री पौडेलले ६९ औँ भन्सार दिवसका अवसरमा भन्सार विभाग र निजी क्षेत्रबीच घनिष्ट सम्बन्ध रहनु पर्ने बताएका हुन् ।उनले निजी क्षेत्रले भन्सार विभागका समस्या र भन्सार विभागले निजी क्षेत्रका समस्या बुझ्नु पर्ने बताए । उनले निजी क्षेत्र र भन्सार विभाग एक सिक्काका दुई पाटा हुन् भन्दै, एक सिक्का एउटा पाटो विना अर्को पाटो अधुरो भए झै भन्सार विभाग र निजी क्षेत्र पनि एक अर्का विना अधुरो हुने बताए । भन्सार विभाग र निजी क्षेत्रबीच आपसी सम्बन्ध रहनु पर्ने उनको भनाई छ ।…
काठमाडौँ: प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको जानकारी दिए मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उनले बताए । यसैबीच बैठकले महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय गरेको छ । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका…