Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
- मूल्य पारदर्शिता सप्ताहलाई महासंघको ऐक्यवद्धता,अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान
- एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु् लाग्ने…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका छन्। शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिए। ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।’ उनले प्रचण्ड–नेपालहरुले देशभरबाट केही हजार कार्यकर्ता जम्मा गरेको बताए। ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्’, उनले भने, ‘त्यैपनि खुट्टी हेरेर चाल पाइयो।’ शुक्रबार कार्की ब्याङ्क्वेटमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले २३ गते वृहत जनप्रदर्शन गर्न लागेको जानकारी…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभासमेत गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले सम्बोधन गर्दै जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरे । उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताए । सभालाई…
काठमाडौँ: बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए। शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्ताव प्रस्तुत गर्न पहिलो हस्ताक्षरकर्ताका रूपमा सांसद अरूणप्रसाद नेपाललाई अनुमति दिएका छन्। सांसद नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो प्रदेश केन्द्रको प्रशासनिक इकाई नभएको बताएका थिए। पुस ९ गते अष्टलक्ष्मी शाक्यलाई आफूहरूले संसदीय दलको नेता चयन गरेको उनले बताएका छन्।
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरलाइ धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति दिएको छ । बोर्डले नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापितवित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्रव्यापारीको कार्य सक्ने व्यवस्था समेटी धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो । सो संशोधनका आधारमा नागरिक स्टक डिलरलाइ धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति दिएको बोर्डले जनाएको छ । पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको…
काठमाडौँ: नेकपाको प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई शक्ति बाँकी रहेको बताएका छन्। पहिलो, प्रधानमन्त्रीसँग साइबर सेना भनिने स्यालहरू र अर्को सेटिङमात्र बाँकी रहेको भुसालले बताए। ‘तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ- म विजय हुन्छु भन्ने। अब तपाईंसँग दुई वटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,’ भुसालले शुक्रबार राजधानीमा आयोजित विरोधसभामा भने। ती साइबर स्यालहरूले जित्न वामपन्थको इतिहास, लोकतन्त्र पराजित हुनुपर्ने भन्दै उनले संविधानको कित्तामा उभिनका लागि आज मुलुकका सामु चुनौती खडा भएको बताए। ‘तपाईंसँग सेटिङवाला पार्टी छ। यो कुरा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते (बुधबार) बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताएका हुन । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे । शान्ति, सुरक्षा,…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए । उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए । उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु…
काठमाडौँ: प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरिएको छ। शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा जारी शुक्रबारको सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित सूचना पेस गरेका हुन्। बिहीबारको सुनुवाईमा अधिवक्ता अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै राष्ट्रपतिले फिर्ता लिन सक्ने बताएका थिए। त्यसपछि इजलासले महान्यायाधिवक्ता अग्नि खरेललाई उक्त सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन आदेश दिएको थियो। आदेशपछि शुक्रबार महान्यायाधिवक्ता खरेलले उक्त सूचना प्रकाशित राजपत्र संवैधानिक इजलासमा पेस गरेका हुन्। इजलासमा बहस गर्ने अधिवक्ताहरुले पनि उक्त सूचना प्रकाशित नभएको पाइएको बताएका थिए।
काठमाडौँ: चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। दुई जनाले भने थप २ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेका छन्। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर…