Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन काठमाडौँ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो सङ्ख्यामा जनशक्ति परिचालित रहेको बताए । कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए । काठमाडौँमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले र्‍याफ्टिङ बोटहरुसहित काठमाडौँको लागि मात्रै केन्द्रित गरेर काम गरेको भट्टराईले बताए । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश…

Read More

काठमाडौँ: बाढी-पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीका अनुसार राजमागर्मा कम्तीमा १२ ठाउँमा पहिरो गएका छन्। भकुण्डेबेसीदेखि सिन्धुलीको सीमानासम्म ९ ठाउँमा अवरोध रहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता डीएसपी रविन विष्टले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार राजमार्गका ठाउँठाउँमा पहिरो गएको, सडक भासिएको र बाढिले बगाएको छ। यी स्थानमा तत्काल सडक सञ्चालनको सम्भावना कम रहेको पनि प्रहरीले जनाएको छ। अरनीको राजमार्ग भने सञ्चालनमा छ। डीएसपी विष्टका अनुसार खाबामा एकतर्फी भए पनि अन्य स्थानमा सडक अवरोध छैन। बीपी राजमार्गको सिन्धुलीतर्फको भागमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको छ। नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा बाढीले सडक बगाएको छ। एक ठाउँमा तीन…

Read More

विराटनगर । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । कोशी ब्यारेजमा ढाँट लगाएर सप्तरी र…

Read More

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।

Read More

काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र…

Read More

काठमाडौँ। हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो १:५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो। महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने…

Read More

काठमाडौँ: सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु…

Read More

काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ । काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहान ८:३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन…

Read More

काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।

Read More

काभ्रेपलाञ्चोक । रोशीखोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए । शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ११ बजेदेखि ठूलो पानी पर्ने मौषमविद्को…

Read More