Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन सक्ने बताए । उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको…
काठमाडौँ:नेपालले आफ्नो २९८ कीर्तिमानी लक्षसहित पाहुना टोलि पपुवा न्युगिनीलाई रवाफिलो चुनौती पेश गरेको छ । ४९. १ ओभरमा सबै विकेट गुमाएर नेपालले उसलाई २९७ रनको योगफल बनाउन सफल भएको हो र यो हालसम्मकै नेपालले कुनै पनि म्याचमा बनाएको सबैभन्दा ठुलो रन हो। आजको खेलमा पहिलो क्रममा ब्याट गर्न आएका आसिफ सेखले ११० रन बनाएका थिए जुन नेपालको लागि ५ औं शतक हो भने उसको व्यक्तिगत एक हजार रनसमेत हो।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०÷१३२÷११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००÷२२०÷१३२÷११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण…
काठमाडौँ: राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ। आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो। राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसालेका छन्। राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। अपराह्न ३ बजेसम्म मतदान गर्न पाइनेछ। आजै मतपरिणाम सार्वजनिक हुनेछ।
काठमाडौँ: काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको विमानस्थल स्रोतले जानकारी दिए । विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल छन् । स्रोत अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।
रोल्पा: रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो। सडकमा काम गर्ने मजदुर सवार रा १ त १७२५ नम्बरको ट्र्याक्टर गएराति सडकबाट तल खसेको थियो। दुर्घटनामा परी घाइते भएका सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
काठमाडौँ: आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदान स्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौँ,’ पौडेलले भने । सङ्घीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद् अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा गरेको छ । आज हुने राष्ट्रपति निर्वाचनमा…
काठमाडौं: राष्ट्रपतिको निर्वाचन आज हुँदैछ। देशको चौंथो राष्ट्रपतिका लागि हुने निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अर्न्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन्। ‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन।’ राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य…
काठमाडौँ: सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको अर्थ मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रितेश शाक्यले जानकारी दिए । उनका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको र चैत मसान्तभित्र सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक,…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि (फागुन २५ गते) हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले हिन्दुराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ। भोलि हुने राष्ट्रपति निर्वाचनमा नौ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ। मंसिर ४ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारमा गएको राप्रपा एमाले–माओवादी गठबन्धन भत्किएसँगै सरकारबाट बाहिरिएको थियो।