काठमाडौँ: काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।
यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको विमानस्थल स्रोतले जानकारी दिए । विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल छन् ।
स्रोत अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।
Facebook Comments Box
