Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ट्युनिसियामाथि जापानको ४–० को सानदार जित, ट्युनिसिया समूह चरणबाटै बाहिरियो
- कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने
- पूर्वका ३ जिल्लामा आज बाढीको जोखिम
- आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा
- रास्वपाको महाधिवेशन आजदेखि
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँः दशैको मुखमा चिनीको मूल्य वृद्धि भएको भन्दै विरोध भइरहेका बेला, व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ६३ रूपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको हो । यस्तै चिनीको मूल्य बृद्धिको सन्दर्भमा थप छानविन गर्न समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ।उपसमितिका संयोजक लेखराज भट्ट तोकिएका छन । चाडपर्व नजिकिएसँगै चिनी लगायत खाद्य वस्तुको मूल्य वृद्धि भएको भन्दै सो विषयमा अध्ययन र छानविन गरी आउने ७ दिनभित्र प्रतिवेदन बुझाउन समितिले समय तोकेको छ ।
काठमाडौँ : डलरसँग नेपाली रुपैयाँ पुन: कमजोर भई नयाँ रेकर्ड कायम भएको छ । केन्द्रीय बैंकले आज बिहिबार लागि प्रति अमेरिकन डलरको बिक्री दर ११७.६७ रुपैयाँ र खरीद दर ११७.०५ रुपैयाँ तोकेको छ । असोज ३ गतेको रेकर्ड तोड्दै आज नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो । असोज तीन गतेका लागि केन्द्रीय बैंकले प्रति अमेरिकन डलरको बिक्री दर ११७.०७ रुपैयाँ र खरीद दर ११६.४७ रुपैयाँ तोकेको थियो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असर पर्न गर्न लागि सकेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय…
काठमाडौँ: नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो । उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ । पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५…
काठमाडौ: सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित भएकी छिन्। यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । पाठक यसअघि कार्यसमितिको महासचिव थिईन्। कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिए। उपाध्यक्ष र कोषाध्यक्षको चयन भने आज बस्ने समितिको पहिलो बैठकले गर्नेछ । महाधिवेशनले प्रत्येक प्रदेशबाट आठ सदस्य (चार महिला र चार पुरुष) को प्रतिनिधित्व हुने गरी ५६ र समावेशी सदस्यतर्फ २६ गरी कूल ८२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका निर्वाचित सदस्यबाटै पदाधिकारी…
काठमाडौँ: काठमाडाैं उपत्यकािभत्र टिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि पुन: घटाएको हो । अब पहिलाकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि, काठमाडौँ जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको थियो भने त्यहीदिन साँझ भक्तपुरमा राति टिपरबाट एक व्यक्तिको मृतु भएपछि निर्णय परिबर्तन भएको हो ।
काठमाडौँ: टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ । नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ । विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप,…
काठमाडौँ: मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंक लिमिटेडले अनलाईन बैंकिङको शुभारम्भ गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मंगलबार अनलाइन बैंकिङको औपचारिक सुरुवात गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले स्थानीय जनताको सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलले बैंकले अबका दिनमा मुस्ताङ्गबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे । कृषि विकास बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको…
काठमाडौँ: बजेटमा राखिएको प्रवधानविपरीत सांसदहरुले आफुखुशी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन्। मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरेको थियो । आजको कान्तिपुर दैनिकमा समााचार छ, सांसदबाट पाारित भएको विनियोजनसम्बधी ऐनविपरीत नियमावली बनाएर सरकारले संसादहरुलई मनलाग्दो खर्च गर्न बाटो खोलिदिएको छ । सांसदहरुले तीनवर्षभित्र सकिने खालका योजना छनोट गरी प्रत्येक वर्ष ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था बजेटमा छ। त्यसअनुसार खानेपानी, सिँचाइ, नदी नियन्त्रण, सडक क्षेत्रका बढमा ५ वटामात्र योजनामा खर्च गर्नुपथ्यो।…
धादिङ: पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । आजको राजधानीमा यो समाचार छापिएको छ । चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् । चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्सलगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् । चौधरीका छिमेकीले भने, ‘समयमा पु¥याएको भए ज्यान जोगिने थियो…
काठमाडौँ: भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ । विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक…