काठमाडौँ: मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंक लिमिटेडले अनलाईन बैंकिङको शुभारम्भ गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मंगलबार अनलाइन बैंकिङको औपचारिक सुरुवात गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले स्थानीय जनताको सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलले बैंकले अबका दिनमा मुस्ताङ्गबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।
कृषि विकास बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको जानकारी दिए ।
कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा पौडेलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा कृषि विकास बैंक जोमसोमका प्रबन्धक सुदिल घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा भु.पु. सभासद श्रीमाया थकाली, उच्च शिखर सैनिक शिक्षालयका महासेनानी सुनिलराज विष्ट, बज्रदलका प्रमुख सेनानी पंकज पोख्रेल, उच्च शिखर सैनिक शिक्षालयका प्रमुख सेनानी अमर सिहं थापा, सिमा सुरक्षावलका प्रमुख हरी गुरुङ्ग, पत्राकार महासंघ मुस्ताङ्गका अध्यक्ष सुन्दर थकाली, जिल्ला स्थित कार्यालय प्रमुखहरु, सेवाग्राहीहरु, जिल्ला समन्वय समिति प्रमुख छिरिङ्ग ल्हामो गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी शिसिर पौडेल, कर्जा ग्राहकको तर्फबाट भिम बहादुर रसाइलीको उपस्थिति रहेको बैंकले जनाएको छ ।