Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नेपालगञ्ज : नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए । हेमकार परिवारको २०६२ फागनु २३ गते राति हत्या गरिएको थियो । हत्याको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर विसवा बजारका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । शनिबार राति ८ बजे बाँकेको जमुनहा नाका हुँदै नेपालगञ्ज प्रवेशका क्रममा सोनीलाई पक्राउ…

Read More

धनगढी : कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा आज ढुङ्गा प्रहार गरेको छ । धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत हुनुहुन्छ । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानको विषयमा प्रदेशसभाले गलत निर्णय गरेको भन्दै विरोधमा दुई दिनदेखि स्थानीयवासीले धनगढीमा हड्ताल गरेका…

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय पहुँचसम्बन्धि तथ्यांक र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् । आइतबार एक कार्यक्रमबीच नेपाल वित्तिय समावेशीकरण पोर्टल सार्वजनिक गर्दै गभर्नर नेपालले यो पोर्टलले नियामक र सरकारले तुरुन्त हस्तक्षेप गर्न सक्ने गरी ग्रामीण क्षेत्रमा वित्तिय पहुँचबारे तथ्यांक र सूचना दिने बताए । “नीति निर्माताहरुले यो पोर्टल हेरेर वित्तिय रणनीति र नीतिहरु निर्माण गर्न सक्ने भएकाले यसको ठूलो महत्व छ,” उनले भने । “यो पोर्टलले सरकार र केन्द्रीय बैंक दुवैलाई वित्तिय पहुँच विस्तर र आर्थिक वृद्धिका लागि वित्तिय पूर्वाधार तयार गर्न सहयोग पु¥याउनेछ…

Read More

काठमाडौँ: दुगड व्रदर्स एण्ड सन्स प्रालिले महिेन्द्राको वर्कशपमा थप आधुनिक सेवा विस्तार गरेको छ । यस महिन्द्रा कम्पनीको एससीभी गाडीहरुको वर्कशप नेपाल र भुटानका कन्ट्री हेड चैतन्य कागल्कर र एम.भि दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यस वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ । दुगड व्रदर्स एण्ड सन्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएको छ । २००० वर्ग फिटको यस वर्कशपमा ५ वटा आधुनिक सर्भिस वे र औजारहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । अहिलेसम्म २० वटा सेल्स र २८ वटा सर्भिस सेन्टरहरु विस्तार गरिसकेको छ ।…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुस लिएको आरोपमा आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा आयोगको टोलीले उहाँलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी, नायब सुब्बा अविन्दर दासले सवारी चालक अनुमतिपत्रसम्बन्धी कागजात नष्ट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बद्नियताका साथ हानी पु¥याएको भन्ने उजुरीका आधारमा…

Read More

नुवाकोट: दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए। नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो । पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडबाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेका हुन्। नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताए। चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना,…

Read More

काठमाडौँ: साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ४७ अंकले घटेर एक हजार २५६ दशमलब ७१ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोवारमा ब्यापार बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ५८ दशमलब २८ अंक र जीवन बीमा समूहको परिसूच १९ दशमलब ०१ अंकले घटेको छ भने बाणिज्य बैंक ९ दशमलब १८अंक, विकास बैंक २२ दशमलब ३६ अंक र जलबिधुत एक दशमलब १३ अंकले घटेको छ । त्यसैगरी, होटल ३५ दशमलब २२ अंक, बित्त ३ दशमलब ४६ अंक, उत्पादन समूह ३५ दशमलब…

Read More

काठमाडौँ: गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले सुनसरीमा हत्या गरिएका खुर्सिद आलमका हत्यारालाई सात समुन्द्र पारी गएर बसे पनि नछोड्ने बताएका छन्। खुर्सिदको हत्या भएको आज ११ औं दिनमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्न गृह जिल्लाको भुटाहा पुगेर उनले सो कुरा बताएका हुन्। गृहमन्त्री थापाले उनका परिवारलै सरकारले घोषणा गरेको १० लाख रुपैयाँको राहत रकम र शहिदको प्रमाणपत्र समेत हस्तान्तरण गरेका हुन्। चेक रकम गृहमन्त्री थापाले उनकी श्रीमती खातिजा खातुनलाई हस्तान्तरण गरेका हुन्। खुर्सिदलाई देश स्थिरता तर्फ जान रोक्न शक्तिले आक्रमण  गरी हत्या गरेको गृहमन्त्री थापाले भने। कार्यक्रम सकेर फर्किने क्रममा गृहमन्त्री थापाले खुर्सिदका छोरा छोरीलाई राम्ररी पढ्न समेत आग्रह…

Read More

काठमाडौँ: प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गैसकेपछि “प्रदेश नम्बर दूई समृद्द–अभियान“ सुरु भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । आफ्नो ठाउँको समृद्दीको अभियानको लागि केन्द्रिय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देश पछी परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्द प्रदेश बनाउने अभिभारा आफुहरुको काँधमा आएको बताए । त्यसको लागि अब प्रदेश भित्रका सम्पूर्ण साधन–श्रोतको उचित पहिचान गरि समुचित वितरण र परिचालन समेत गरिने कुरा मुख्य मन्त्री राउतले बताए । प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरु आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेश…

Read More