काठमाडौँ: साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ४७ अंकले घटेर एक हजार २५६ दशमलब ७१ अंकमा पुगेर बजार बन्द भएको छ ।
आजको कारोवारमा ब्यापार बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक ५८ दशमलब २८ अंक र जीवन बीमा समूहको परिसूच १९ दशमलब ०१ अंकले घटेको छ भने बाणिज्य बैंक ९ दशमलब १८अंक, विकास बैंक २२ दशमलब ३६ अंक र जलबिधुत एक दशमलब १३ अंकले घटेको छ ।
त्यसैगरी, होटल ३५ दशमलब २२ अंक, बित्त ३ दशमलब ४६ अंक, उत्पादन समूह ३५ दशमलब २६ अंक र लघुवित्त १५ दशमलब ७ अंकले घटेको छ ।
यधपी, ब्यापार समूहको परिसूचक एक दशमलब ८६ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ५ हजार ७५४ कारोबारबाट ५८ करोड २२ लाख ५० हजार ८२८ रुपैयाँ बराबरका २० लाख ८२ हजार ९२० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।